ट्रेंडिंग:

>> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि……

तिहारमा स्थानीय फुलको प्रयोग गर्न पालिकाको आग्रह

२४ कार्तिक २०८०, शुक्रबार
२४ कार्तिक २०८०, शुक्रबार

सुर्खेत, २४ कात्तिक ।

सुर्खेतका केही पालिकाहरुले तिहारमा स्थानीय स्तरमै उत्पादित माला प्रयोग गर्न आग्रह गरेका छन् ।

पूर्वी सुर्खेतका गुर्भाकोट र भेरीगंगा नगरपालिकाले यस्तो आग्रह गरेका हुन् । कर्णाली प्रदेशको प्रवेशद्वारको नगरपालिकाले आयातित प्लाष्टिकका माला प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको छ । भेरीगंगा नगरपालिकालले सूचना जारी गर्दै नजिकीदै गरेको भाइटिकाको दिनमा स्थानीय स्तरमै उत्पादिन पुष्प खेतीकै माला प्रयोग गर्न आग्रह गरेको हो ।

नगर क्षेत्रमै विभिन्न व्यक्तिहरुले पुष्पखेती गरिरहेको र प्रयाप्त मात्रामा फूल उपलव्ध रहेकाले प्लाष्टिकका मालाहरुको प्रयोग नगर्न अनुरोध गरिएको नगर प्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिए ।

उनकाअनुसार स्थानीय स्तरमै उत्पादित फूलको प्रवद्र्धन गर्न र आयातित मालाहरुको प्रतिवन्ध गर्ने उदेश्यले सूचना जारी गरिएको हो । छिन्चु, जहरे र रामघाटसहितका ठाउँमा रहेका व्यवसायीहरुलाई कुनै पनि अवस्थामा आयातित प्लाष्टिकका माला नराख्न र स्थानीय उत्पादित फूलहरुको व्यवसायी गरिदिन नगरपालिकाले आग्रह गरेको छ । त्यसैगरी गुर्भाकोट नगरपालिकाले पनि सूचना जारी गर्दै स्थानीय उत्पादित फूलको प्रयोग गर्न आग्रह गरेको छ । नगरप्रमुख हस्त पुनले स्थानीय उत्पादित फूलको प्रयोगमा प्रोत्साहन गर्नको लागि सूचना जारी गरिएको जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?