© २०२३
काठमाडौं, २३ कात्तिक ।
नेपालको लागि टिभिएस् स्कुटर र मोटरसाइकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस महाएक्सचेन्ज महोत्सवमा एनटर्क १२५ सीसी ड्रम रातो रङमा सार्वजनिक गरेको छ । राम्रो माइलेज दिने एनटर्क १२५ सीसी ड्रममा स्मार्टकनेक्ट र ब्लुटुथ कनेक्टिभिटी पनि उपलब्ध छ ।
शंकरग्रुपका एक्जिक्युटिभ डाइरेक्टर अखिलगुप्ताले भने, “ग्राहकवर्गको उच्च मागलाई मध्यनजर गर्दै टिभिएस एनटर्क ड्रमलाई बोल्ड रातो कलरमा लन्च गर्न पाउँदा हामी हर्षित छौँ । सडकमा आफ्नो साहस देखाउन चाहने जो कोहीको लागि यो स्कुटर उपयुक्त हुनेछ । हाम्रा अमूल्य ग्राहकहरूका लागि उच्च गुणस्तरीय जीवनशैली सुनिश्चित गर्न थप रोमाञ्चक सवारी साधनहरू र अपग्रेडहरू ल्याउने प्रयासमा हामी निरन्तर लागिरहेका छौँ ।”
टिभिएस एनटर्कड्रममा ९.४ पीएस पावर सहितको बलियो १२५ सीसी इन्जिन रहेको छ । यसको स्मार्ट कनेक्टले नेभिगेसन, पार्क गर्दाको स्कूटरको लोकेसन थाहा पाउन सजिलो बनाएको छ । स्लीक डिजाइन स्टेल्थ एयरक्राफ्टबाट प्रेरित यस स्कुटरमा राइड पनि स्मुद र सहज हुने कम्पनीले जनाएको छ । ’टि’ आकारको रियर ल्याम्पले यस स्कुटरलाई सजिलै चिन्न सकिने बनाउनुका साथै थप सुरक्षाका लागि उत्कृष्ट भिजिबिलिटी पनि सुनिश्चित गर्दछ । स्पोर्टी स्टबी मफलरले यसको स्पोर्टी लुक प्रदान गर्ने मात्र होइन स्कुटरको पर्फरमेन्समा पनि योगदान पु¥याउँछ ।
ठूला १२ इन्चका टायरहरुका साथ एनटर्क १२५ ड्रम भेरियन्टले आरामदायी र सुरक्षित सवारी सुनिश्चित गर्दै सडकमा स्थिरता र ग्रिप प्रदान गर्दछ । बोल्ड र चंकी टायरहरूले विभिन्न भू–भागहरूमा उत्कृष्ट पकड प्रदान गर्नेछ जसले यस स्कुटरलाई उत्कृष्ट टु–व्हीलर साबित गर्नेछ ।
साथै ब्याटविङ–स्टाइलको डेटाइम लाइटले स्कूटरलाई फरक बनाउनुका साथै भिजिबिलिटी बढाउँछ जसले दिनको समयमा पनि सुरक्षित राइड प्रोत्साहन गर्छ । स्पोर्टी स्प्लिट ग्रेब रेलको एडिसनले यात्रुहरूलाई राइडमा सुरक्षित रूपमा समात्न मिल्नेछ । पछाडिको भेन्टहरूले स्कुटरलाई सहज रूपमा चल्न मद्दत गर्नुका साथै हिट लस पनि कम गर्नेछ । त्यसैगरी, गेमिङ कन्सोलबाट प्रेरित स्पीडोमिटरले आधुनिकताको टच थप्नुका साथै राइडको समयमा एकै झलकमा महत्वपूर्ण जानकारी पनि प्रदान गर्दछ । टिभिएस एनटर्क ड्रम रेडको मूल्य रु. २ लाख ३५ हजार ९०० रहेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको टिभिएस महाएक्सचेन्ज महोत्सव आगामी शनिबारसम्म जारी रहनेछ । यस महोत्सवमा ग्राहकले कुनै पनि बाइक र स्कुटर टिभिएस ब्रान्डका प्रोटक्टसँग एक्सचेन्ज गर्दा रु. ५० हजारको थप एक्सचेन्ज भ्यालु पाउन सक्नेछन् । साथै यस महाएक्स्चेन्ज महोत्सवमा शुन्य प्रतिशत ब्याजदरमा २५ प्रतिशत सम्मको डाउन पेमेन्टमा टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्न सकिनेछ भने हेल्मेट, बाइक कभर र ब्याग पनि निशुल्क रुपमा प्राप्त गर्न सकिनेछ । त्यसै गरी यस महोत्सवमा नकिन्दा एक लाख र किन्दा ५ लाखसम्मको नगद छुट पनि प्राप्त गर्न सकिनेछ भने बम्पर उपहारमा १० लाख सम्म जित्न सकिनेछ ।