© २०२३
तिलोत्तमा, २० कात्तिक ।
एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्थाको २८ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनले तारानाथ कंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा झविन्द्रप्रसाद कंडेल, सचिवमा निरज कंडेल, कोषाध्यक्षमा धनेन्द्र पौडेल र सहसचिवमा ज्ञानु पाण्डे रहेका छन् । त्यसैगरी सदस्यहरुमा बेदप्रसाद कंडेल, कमलप्रसाद कंडेल, गीता पौडेल कंडेल, कृष्णप्रसाद पाण्डे, विजयालक्ष्मी पाण्डे, पुष्पा न्यौपाने, कमल प्रसाद श्रेष्ठ र हरिप्रसाद कंडेल रहेका छन् ।
त्यस्तै साधारणसभा तथा अधिवेशनले युवराज पाठकको संयोजकत्वमा रिता पाण्डे र लक्ष्मीप्रसाद पोख्रेल सदस्य रहेको लेखा सुपरिवेक्षण समिति समेत चयन गरेको छ । त्यसैगरी कर्जा तथा मूल्यांकन समिति सदस्यहरुमा शिवलाल कंडेल र तोलाकान्त अधिकारी रहेका छन् ।
त्यस्तै सहयोगी सेवा केन्द्र गुल्मीको सञ्चालक समिति संयोजकमा कमल प्रसाद श्रेष्ठ र सदस्यहरुमा देविप्रसाद पाण्डे, इमबहादुर खत्री, बाबुराम ज्ञवाली र भगवती पाण्डे चयन भएका छन् ।