© २०२३
बुटवल, २० कार्तिक । सिद्धार्थनगर भैरहवास्थित सिद्धार्थनगर सिटि हस्पिटल प्रालिमा एनएमबि बैकका ग्राहकको उपचारमा १५ प्रतिशत छुट दिने भएको छ । एनएमबि बैंक लिमिटेड र सिद्धार्थनगर भैरहवास्थित सिद्धार्थनगर सिटि हस्पिटल प्रालि बीच आईतबार सम्झौता भएको हो ।
सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र सिद्धार्थनगर सिटि हस्पिटल प्रालिका प्रबन्ध निर्देशनक अर्जुन पौडेलले हस्ताक्षर गरेका छन । एकबर्षको लागि लागु हुने सम्झौतापत्र बैंकको तर्फबाट भैरहवा शाखा प्रबन्धक देविराम खनाल र हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले उक्त हस्ताक्षरित सम्झौता आदानप्रदान गरे ।
दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ । सम्झौताले एनएमबि बैंक लिमिटेडमा खाता खोल्नुभएका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने एनएमबि बैंक भैरहवा शाखा प्रबन्धक देविराम खनालले विस्वास व्यक्त गरे । छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, आइपिस, क्युआर कोड प्रयोग गर्नुपर्ने एनएमबि बैंक भैरहवा शाखाका बिडिएम जनार्दन पाण्डेले बताए ।