ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

पूर्ण सरसफाई युक्त नगर घोषणा भएसंगै वर्गीकरण टोल घोषणा सुरु

१९ कार्तिक २०८०, आइतबार
१९ कार्तिक २०८०, आइतबार

दाङ, १९ कात्तिक ।

घोराही उपमहानगरपालिकाले पूर्ण सरसफाई युक्त नगर घोषणा गर्नका लागि गल्ने र नगल्ने फोहरमैला बर्गिकृत टोल घोषणाको कार्यक्रम सुरुवात गरेको छ । यसै क्रममा वडा नम्बर १४ को गोर्खा टोललाई आईतबार एक कार्यक्रमका बिच फोहरमैला बर्गिकृत टोल घोषणा गरिएको हो । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उक्त टोललाई पूर्णरुपमा फोहर वर्गिकरण टोल घोषणा गरेका हुन् । उनले गल्ने र नगल्ने फोहर वर्गीकरण गर्नेकाम निरन्तर हुने बताए । फोहर वर्गीकरण नगर घोषणा गरेर फोहर रहित टोल बनाउने तर्फ सबै लाग्नुपर्छ उनले भने । घरबाटै फोहर वर्गीकरण गरेर ब्यबस्थापन गर्न आग्रह गरे ।

नगरको परिवर्तन टोल विकास बाटै हुने भएकाले यसमा सजग हुन आग्रह गरे । उनले सरसफाई व्यक्तिको स्वास्थ्य, इज्जत, प्रतिष्ठा सँग जोडिएको बिषय भएको बताउनुभयो । विगतका वर्ष देखिनै नगरले गल्ने फोहरबाट ग्याँस उत्पादन थालिएकाले टोलबासीको सहयोगले फोहरको उचित व्यवस्थापन हुनेमा जोड दिए । फोहर संकलनका लागि यस अघि उपमहानगरपालिकाले प्रत्येक घरलाई दुईदुई वटा डष्टविन प्रदान गरेको थियो ।

कार्यक्रममा नगर उपप्रमुख हुमाकुमारी डिसीले सरसफाईले नै व्यक्ति र टोलको सही परिचय दिने बताइन् । उनले सबैको साथसहयोगले नगर स्वच्छ नगर बनाउन सकिने बताइन् । गर्खा टोलले गरेको उदाहरणिय काम पालिकाभरका सबै टोलले सिक्नुपर्ने बताइन् । टोलको सकृयताले नै सामाजिक सुधार र विकास निर्माणका काम सफल तथा दिगो हुने उनको धारणा थियो । घोराही उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले नगरका सबै टोलहरुलाई नमूना टोल बनाउने उद्धेश्यमा सरकार रहेकाले सबैले यसमा सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा वातावरण, विपद तथा सरसफाई व्यवस्थापन समितिका संयोजक भानसिंह बुढाले स्वच्छ नगरको सुरुवात गोरखा टोलले गरेको छ यो सबै टोलले सिको गर्नुपर्ने बताए । घोषणा गरेर मात्रै हुदैन यस्लाइ निरन्तरता दिनुपर्ने बताए । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले फोहोर मैला ब्यबस्थापनमा नगरले गरेको कामको विषयमा संचारक्षेत्रले सधै सहयोग गरेको बताए । टोल विकास संस्थाका अध्यक्ष पदमप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सरसफाई व्यवस्थापन शाखाका प्रमुख लक्ष्मण अधिकारीले गरेका थिए । गल्ने र नगल्ने फोहर बर्गिकरणले गोर्खा टोल नमूना टोल बन्न सफल भएको र यो अभियानलाई जिवन्त बनाउन प्रेरणा मिलोस भन्ने उद्धेश्यले नगरले सम्मान पत्र समेत प्रदान गरेको छ । हरितक्रान्ति, आत्मनिर्भरता , सहभागीता र समानता । मानव बिकास, स्वस्थ र स्वस्छ घोराही भन्ने नाराका साथ घोराही उपमहानगरपालिका –१४ मा रहेको गोरखा टोलालाई पूर्ण सरसफाइ टोल घोषणा गरिएको हो । घोराही उपमहानगरपालिकाका १९ वटै वडामा टोलविकास गठन गरिएको छ । जसमा १८ सय टोल रहेका छन् । १४ नम्वर वडामा ४२ टोल रहेका छन् । गोरखा टोलमा ८४ घर धुरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?