ट्रेंडिंग:

>> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार

सुशासनमा अव्वल बन्दै एफइसी धनकोष

१८ कार्तिक २०८०, शनिबार
१८ कार्तिक २०८०, शनिबार

तिलोत्तमा, १८ कात्तिक ।

एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्थाको शेयर पुँजी झण्डै ९ करोड पुगेको छ । रुपन्देहीको तिलोत्तमा–९ मंगलापुरमा मुख्य कार्यालय रहेको संस्थाको शेयर पुँदी २०८० असार मसान्तसम्ममा ८ करोड ७८ लाख ७८ हजार पुगेको हो । गतवर्षसम्म संस्थाको शेयर पुँजी ८ करोड ६७ लाख ७० हजार रहेकोमा यसवर्ष ११ लाख ८ हजार थपिएको हो ।

संस्थामा कुल शेयर सदस्य संख्या २३ सय ४१ पुगेको सहकारीका अध्यक्ष तारानाथ कंडेलले जानकारी दिए । त्यस्तै गत असार मसान्तसम्म सहकारीको बचत तथा निक्षेप ५५ करोड ९२ लाख ४४ हजार २११ रुपियाँ पुगेको छ भने कर्जा लगानी ६२ करोड ७० लाख ५० हजार १९ रुपियाँ पुगेको छ । त्यस्तै सहकारीले गत असार मसान्तसम्म २ करोड ६३ लाख ५४ हजार ३०२ रुपियाँ खुद नाफा गर्न सफल भएको छ ।

शनिबार आयोजित संस्थाको २८ औं वार्षिक साधारणसभा तथा १४ औं अधिवेशनमा बोल्ने सहकारी क्षेत्रका व्यक्तिहरुले एफइसी सहकारी सुशासन र पारदर्शीतामा अव्वल बन्दै गएको बताए ।

सञ्चालकहरुको देखिएको संस्थागत सुशानको भावनाले पछिल्लो समय धेरै सहकारीहरु संकटमा पर्दा समेत एफइसी बिचलित नभई आर्थिक रुपले सुद्धृढ संस्थाको रुपमा विकसित हुँदै आएको उनीहरुको भनाई छ ।

कार्यक्रममा बोल्दै सहकारीका जेष्ठ सदस्य हरिप्रसाद ज्ञवालीले पारदर्शीताले नै सहकारीको भविष्य निर्धारण गर्ने भएकाले यसतर्फ लाग्न सम्पूर्ण शेयर सदस्यहरुलाई आग्रह गरे ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष तारानाथ कंडेलले सहकारीका मूल्य, मान्यता अनुसार पुँजी वृद्धि, वित्तीय सुशासन, प्रविधि प्रयोग, कारोबारको भोलुम वृद्धि, सेवा केन्द्र विस्तार, लगानीका हिसाबले प्रभावकारी देखिएको उल्लेख गर्दै सहकारीले प्रभावकारी वित्तीय सेवा दिएको दावी गरे ।

साधारणसभामा संस्थाका उपाध्यक्ष झविन्द्रप्रसाद कंडेलले बैंकको विकल्पमा सहकारीले सेवा दिएका छन्। कार्यक्षेत्र, सदस्य, पुँजी, कारोबारमा सहकारीले दायरा फराकिलो बनाएको बताए ।

सचिव निरज कँडेलले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गरिरहेका कामहरु र भावी कार्ययोजनाबारे प्रकाश पारेका थिए । त्यस्तै कोषाध्यक्ष धनेन्द्र पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले सुशासनलाई मुख्य प्राथमिकता दिएकै कारण सदस्यहरुको भविष्य सुरक्षित रहेको बताए ।

लेखा समिति संयोजक युवराज पाठकले परिवर्तित समय अनुसार बैंकसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले डिजिटल कारोबारलाई सहकारीले प्राथमिकता दिएको भन्दै बचत तथा ऋणको कारोबार गर्ने सहकारी प्रविधि प्रयोग गरेर वित्तीय पारर्शितामा अब्बल बन्न सफल भएको बताए ।

संस्थाका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले सहकारी मोबाइल बैंकिङलगायतका सुविधासँगै संस्थालाई प्रविधियुक्त बनाउँदै लगिएको र बेलाबेलामा सहकारी शिक्षा तालिममार्फत सदस्यहरुलाई सशक्तिकरण गर्दै लगिएको बताए ।

उनले उच्च आर्थिक हैसियतदेखि सामान्य नागरिकको पनि सहकारीमा सहभागिता रहेको भन्दै यसले सहकारीको पहुँच सबै क्षेत्रमा पुगेको बताए ।

कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार हरिप्रसाद कंडेल, सदस्य बेदप्रसाद कंडेल, इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ध्रुव धिताल, रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष शारदा पंगेनी, कुन्जपार्कका लोक पुन, साना किसान सहकारीका अध्यक्ष झुपा न्यौपाने, संस्थाका शेयर सदस्य रवि पोखरेल, रेडियो लुम्बिनीका कार्यकारी प्रमुख मिनाक्षी न्यौपाने, सम्मानितहरुको तर्फबाट सुमित ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

त्यस अवसरमा संस्थाका जेष्ठ सदस्य झविलाल पाण्डे, अन्तर्राष्ट्रिय कराँतेमा गोल्डमेडल बिजेता सहकारीका बाल बचतकर्ता सम्यक कंडेल, अन्तर्राष्ट्रिय कराँतेमै उपाधि बिजेता शेयर सदस्य शिवानी लम्साल, उत्कृष्ट कारोवारी घनश्याम पौडेल, उत्कृष्ट बचतकर्ता अशोककुमार शर्मा अर्याललगायत विभिन्न शैक्षित क्षेत्रका उत्कृष्टहरुलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?