ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
बुटवल फर्निचर उद्योग संघको २३ औ वार्षिक साधारण सभा तथा १२ औ अधिवेशन

स्वदेशी उद्योग प्रर्वद्धन हुने नीति र कार्यक्रम कार्यान्वन गर्न सरकारलाई सुझाव

१८ कार्तिक २०८०, शनिबार
१८ कार्तिक २०८०, शनिबार

बुटवल, १८ कार्तिक।  बुटवल फर्निचर उद्योग संघको २३ औ वार्षिक साधारण सभा तथा १२ औ अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघका सुजिल श्रेष्ठले उद्घाटन गर्दै फर्निचर उद्योगीहरुको हकहितमा संस्थागत रुपमा गोलबद्ध भएर लाग्नुपर्ने बताए । फर्निचर उद्योगीहरुलाई कच्चा पदार्थको टेन्डरमा देखिएको समस्या समाधान गर्न केन्द्रबाट सरकारलाई दबाबको कार्यक्रम चलाएको बताए । स्वदेशी वनमै रहेका कच्चा पदार्थको गोलिया काठ टेन्डर र गोलिया चिर्न रोक लगाएको विषयलाई समाधान गर्ने प्रतिवद्धता सरकारबाट आएको उनले जानकारी दिर्ए । तयारी माल आयात गर्नेभन्दा कच्चा पदार्थ ल्याउदा भन्सार शुल्क बढि लाग्ने नीतिकै कारण स्वदेशी उद्योग धरासायी भएको भन्दै खुला बजारकै कारण तयारी फर्निचर विदेशबाट ल्याउन रोक्न नसकिने भएपनि यस्ता बस्तुमा लाग्ने कर र ड्युटिहरु बढाएर स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने गरि सरकार लाग्न उनले सुझाव दिए ।

कार्यक्रममा संघका अध्यक्ष सावित्रा टण्डनले संस्थाको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै फर्निचर उद्योगमैत्री नीति अभावमा स्वदेशमा खेर गईरहेको ठूलो परिणामको काठजन्य बस्तु उपयोग विहिन रहेको दाबी गरे । फर्निचर ब्यवसायीहरुको हकहितमा सरकारको ध्यान तान्ने र दबाब दिनेमात्र नभई उद्योगी, ब्यवसायीहरुको क्षमता विकासको अभियान चलाउदै आएको बताईन । वनको कच्चा पदार्थको टेन्डर विधि नसच्चिदा यसले उद्योगीहरुलाई स्वदेशको वनमा रहेको कच्चा पदार्थ प्रयोग गर्न नपाएको पिडा छ । अर्को तर्फ महङो दरमा विदेशबाट कच्चापदार्थ ल्याउनुपर्ने बाध्यता आफुहरुलाइ रहेको उनले दुखेसो गरिन । स्वदेशी उद्योगलाई धरासायी गर्ने गरि अस्वस्थ्य प्रतिप्रर्स्धामा उत्रेका झोले ब्यापारीहरु खुलेआम बजारमा छन । सरकारबाट फर्निचर उद्योगी मैत्री नीति तथा कार्यक्रम ल्याउन उनले आग्रह गरिन । दक्ष जनशक्ति उत्पादन गर्न विद्यालयस्तरबाट नै पाठ्यक्रम बनाउनुपर्ने उनले बताईन ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं १३ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले संस्थामा धेरै नेतृत्व परिवर्तन भएपनि उद्योगी ब्यवसायीहरुको समस्या जस्ताको तस्तै रहेको दुखेसो गरे । नेतृत्वमा दक्ष युवाहरुको अगुवाई जरुरी रहेको भन्दै उनले विदेशी उत्पादन अनुसारको मूल्य र गुणस्तरमा जोड दिनुपर्ने उनले सुझाव दिए । स्थानिय सरकार घुमन्ते उद्योगीहरुलाई ब्यवस्थापनको काम आफुहरुले गरिरहेको उनले बताए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले बनेको नीतिलाई कार्यान्वयन गर्न सबै साझेदार संस्थाहरुको सहकार्य जरुरी रहेको बताए । स्वउद्घमताको कुरा परनिर्भरता कम गर्ने र आफुमा भएको सीप कलालाई स्वदेशमा लगाउने गरि साझा जिम्मेवारी र भुमिकामा रहनुपर्ने उनले बताए । अहिले हामीमा सदभावको कमि समस्या देखिएको भन्दै अतिबादकै कारण धेरै कठिनाई हुनेभन्दै यसलाई रोक्ने गरि अघि बढ्न सुझाव दिए ।

रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष माधव प्रसाद पौडेलले फर्निचर उद्योगीहरुमा देखिएको समस्या नितिगत रुपमा नै समाधान गर्ने गरि अघि बढ्नुपर्ने बताए । ‘बिना दर्ता समस्या पुस्तान्तरण भएका छन ।’—उनले भने । नेपाल सरकारले टेन्डर प्रक्रियामा आवह्वान गर्दा नेपाली बस्तुहरुलाई तालिकिकरण गरेर अघि बढ्नुपर्ने सुझाव दिदै आएको जसले गर्दा नेपाली उद्योगलाई प्रवर्द्धन हुने बताए । ‘मेकिङ नेपाल’ नारासहित स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आर्थिक रुपमा सबल बन्ने गरि अभियान समेत अघि बढाएको उनले बताए ।

कार्यक्रममा संघका पुर्वअध्यक्ष विष्णु कुमार श्रेष्ठले धेरै संस्थाहरु महिलालाई नेतृत्व दिन कन्जुस्याइँ गरिरहदा आफुहरु जिल्लामा अन्य संस्थालाई उदाहरण दिन सफल भएको बताए । धेरै लामो ईतिहास पार गर्दै संस्था बलियो र सबल भएको उनले बताए । राजनीतिक ब्यवस्था परिवर्तनबाट आर्थिक समृद्धि हुने सोच गलत साबित भएको उनको तर्क थियो । हामी ब्यापारीहरुले तयारी सामग्री भित्र्याउने कामकै कारण अहिलेको अवस्था सृजना भएको उनले दुखेसो गरे । ‘जिल्ला वन कार्यालयले टेन्डर एकलौटी गर्नु गलत हो ।’— उनले भने ।

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष तेजप्रसाद पराजुलीले उद्योग र उद्योगीको समस्या पहिचान गर्दै ब्यवसायिक हकहितको लागि अघि बढ्ने लक्ष्यसहित संस्था निरन्तर लागेको बताए । कार्यक्रममा संघका द्घितिय उपाध्यक्ष जिवकान्त काफ्ले, महासचिव असोक कुवर, संघका सचिव बल बहादुर गोदारले सरकारी कार्यालयहरुमा स्वदेश उत्पादन प्रयोग गर्न निर्देशन गरेर भएपनि आत्मनिभर उद्योग बनाउने अभियान थाल्न सुझाव दिए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका सचिव मुक्ति अधिकारी, नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका कार्यावाहक अध्यक्ष मन्जु भुषाल, ग्रिल तथा स्टिल ब्यवसायी संघका अध्यक्ष मोहन प्रसाद भट्टराई, संघका सल्लाहकार बोनिन पिया, नेपाल वन पैदावर तथा उद्योग संघका उपाध्यक्ष हरि खत्री, पत्रकार दामोदर खनालले नीतिनियमलाई कार्यान्वयनमा जोड दिदै जिम्मेवार र अनुसासित भएर काम गर्न उद्योगीहरुलाई सुझाव दिए । रुपन्देही जिल्लामा १ हजार ५ सय उद्योगहरुमा ७ हजार ५ सय जना युवाहरु रोजगार पाएका छन । ६० प्रतिशत भारतिय रोजगारमा छन । देशका सामुदायिक र सरकारी वनबाट १० करोड र नीजि वनबाट २ करोड गरि १२ क्युफिट काठ उत्पादन हुन्छ। देशमा भने जम्मा ३ करोड क्युफिट खपत हुन्छ। सरकारी कार्यालयहरुमा स्वदेशी उद्योगको प्रयोगलाई प्रोत्साहन गरे पाच वर्षमा आत्मनिर्भर बन्न सक्छ । संघमा हाल २ सय उद्योगीहरु आवद्घ छन । यसैबिच फर्निचर ब्यवसायीहरुको हकहितमा संचार क्षेत्रबाट गरेको योगदान स्वरुप संघका प्रेस सल्लाहकार दामोदर खनाललाई नगद ११ हजार १ सय ११ रुपैयासहित सम्मानपत्रबाट सम्मान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?