© २०२३
काठमाडौं (बुटवलटुडे), १२ कार्तिक – चीनको सर्वाधिक धेरै कमर्सियल सवारी उत्पादक तथा बिक्रेता फोटोन ग्रुपले विद्युतीय सवारी उत्पादनलाई विस्तार गर्ने भएको छ। कम्पनीले चीन, नेपालसहित विश्वका विभिन्न बजारमा पेट्रोलियम तथा विद्युतीय सवारी बिक्री गर्दै आएको छ।यही क्रममा फोटोन ग्रूपले आफ्नो उत्पादन प्लान्ट युरोपमा समेत स्थापना गर्ने भएको छ। यसका लागि फोटोन ग्रूपले पियाजियो ग्रूपसँग युरोपमा लाइट विद्युतीय सवारी उत्पादन गर्न अक्टोबर १९ मा सहकार्यको सम्भौता गरेको हो ।
यो सहकार्यसँगै युरोपेली बजारलाई लक्षित गर्दै नयाँ रेन्जका विद्युतीय लाइट कमर्सियल सवारी उत्पादन हुनेछ । फोटोनका लाइट कमर्सियल सवारी पियाजियोको इटालीमा रहेको प्लान्टमा उत्पादन हुनेछ । सुरुमा इटालीमा फोटोनका दई नयाँ मोडलका विद्युतीय सवारी उत्पादन हुनेछ। यी गाडीहरूको पेलोड १ टनभन्दा बढी हुनेछ ।
यसअघि पनि फोटोनले दुई ग्रूपसँगको सहकार्यमा युरोपमा गाडी बनाइ रहेको छ । २०२१ मै फोटोनको सिटी ट्रक एनपी सिक्स सार्वजनिक भएको थियो। जुन अहिले युरोपका विभिन्न देशमा लोकप्रिय विद्युतीय कमसियल गाडी बिक्री भइरहेको छ। फोटोनको पेट्रोलियम गाडीसहित विद्युतीय भ्यान र विद्युतीय ट्रक पनि नेपाली बजारमा उपलब्ध रहेको छ। फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले नाडा अटो शो २०२३ बाट विद्युतीय भ्यान र मिनि ट्रक सार्वजनिक गरेर बिक्री गर्दै आएको छ ।