© २०२३
बुटवल, ५ कात्तिक ।
नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले नेपालीहरुको महान चाँड विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुप्रति शुभकामना व्यक्त गरेका छन् ।
आइतबार एक शुभकामना सन्देश जारी गर्दै उनले नेपालीहरुको मौलिक पहिचान भनेको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधता रहेको उल्लेख गर्दै नागरिकबीचको धार्मिक सहिष्णुता, सामाजिक सदभाव र ऐक्यवद्धताले नै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता अक्षुण्ण राख्ने आधार बन्न सक्ने बताएका छन् ।
अहिले मुलुक चरम आर्थिक मन्दीको अवस्थाबाट गुज्रिरहेकोले सहजरुपमा चाडपर्व मनाउने अवस्था नरहेको भन्दै सन्देशमा अध्यक्ष केसीले यस विषम परिस्थितिमा आफ्नो स्वास्थ्यको पूर्ण ख्याल गरी दसैं पर्व मनाउन सबै नेपालीहरुमा अपिल गरेका छन् ।