© २०२३
पाल्पा, २ कात्तिक
नेपाल राष्ट्रबैंकले एक महिना अघिदेखि नै सार्वजनिक रुपमा सञ्चार माध्यमबाट १८ हजार ५ सयका दरले नयाँ नोट वितरण गर्ने सूचना प्रचार प्रसार गरेपनि जिल्ला जिल्लामा भने प्रयाप्त नयाँ नोट नपठाउँदा जनताले सास्ती भोग्नु परेको छ । बडा दशैमा नयाँ नोट वितरण गर्ने परम्परा र संस्कृति नै बनेको अवस्थामा जनताहरु पाँच छ घण्टा देखि लामो लाईन बस्दा समेत नयाँ नोट नपाउँदा दुःखी भएका छन् । नयाँ नोटको लागि कात्तिक १ गते चार घण्टा लाइन बसियो, आज सकियो भोलि आउनुस् भन्नुभयो, दोस्रो दिन पनि नयाँ नोटको लागि विहान ८ बजेदेखि लाईनमा बसेको तर प्रयाप्त मात्रमा नयाँ नोट नपाएको, कैयौले रित्तो हात फर्किनु परेको गुनासो सर्वसाधारणले गरेका छन् ।
गत बर्षहरुमा सरकारी तथा निजी सबै बाणिज्य बैक, विकास बैकहरुमा प्रयाप्त मात्रामा नयाँ नोट आउने गरेपनि यस बर्ष भने पाल्पामा सरकारी राष्ट्रिय वाणिज्य बैंकले मात्र नयाँ नोट वितरण गर्दै आएको छ । जसका कारण जनताहरु नयाँ नोट लिन लामो लाईन बस्नु परेको छ । जनताले सरकारले एउटा कुरा भन्ने व्यवहार अर्कै गर्ने गर्दा अनावश्यक दुःख पाएका छन् । राष्ट्र बैंकले १८ हजार ५ सय नयाँ नोट सटही गर्ने भनेपनि नयाँ नोट त पाएका छैनन् सुकिला नोट समेत पाएका छैनन् ।