© २०२३
दाङ, १ कात्तिक ।
ज्येष्ठ नागरिक सरोकार केन्द्र बृद्धआश्रममा दशै मिलन कार्यक्रम गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले ज्येष्ठ नागरिकहरुको लागि प्रत्येक वडामा दिवासेवा बनाउनुपर्ने बताएका छन् । प्रजिअ सुबेदीले ज्येष्ठ नागरिक सरोकार केन्द्र जस्ता सस्थाले समाजमा अपहेलना भएका नागरिकलाई आश्रय स्थल बनेको बताए । ज्येष्ठ नागरिक सबैका जिवित देवता भएका कारण उनीहरुलाइ सम्मान गर्नु पर्ने बताए । समाजमा विभिन्न बिज्ञाता हासिल गरेका ज्येष्ठ नागरिकको अनुभवलाई समाजमा सटासाट गर्नुपर्ने बताए । ज्येष्ठ नागरिकहरु अनुभवले खारिएका कारण हुन्छन् । उनीहरुलाई राज्यले सम्मान गर्नुपर्ने उनले बताए । दाताले दिएको जग्गा र दानलाई ट्रस्टमा लगेर ब्यबस्थित गर्नुपर्ने प्रजिअ सुबेदीले बताए । उनले राज्यबाट नै ज्येष्ठ नागरिकका लागि विशेष काम गर्नुपर्ने बताए ।
ज्येष्ठ नागरिक महासङका लुम्बिनी प्रदेश अध्यक्ष खुमानन्द अधिकारीले ज्येष्ठ नागरिक समाजका मार्गदर्शन भएको बताए । सरोकार केन्द्रका वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार बुढाथोकीले २०६२ साल चैत १७ गते संस्था स्थापना भएको बताए । सस्था स्थापना भएदेखि एक सय जना भन्दा बढीले आश्रय लिएका र ६० जना परिवारमा पुनः स्थापना भएको बताए ।
हाल आश्रममा ९ महिला, ६ पुरुष गरी १५ जना रहेको बताए । सो केन्द्रमा स्वास्थ्य उपचार केन्द्र रहेकाले नियमित स्वास्थ्य परिक्षण हुने गरेको बताए । आश्रम सम्म पुग्नलाई सडकको सुविधा नभएका कारण दुख भएको उनले बताए । सो अबसरमा नागरिक समाजका सचिव नारायण प्रसाद श्रेष्ठ, उद्योग बाणिज्य सघका अध्यक्ष वसन्त जोशी लगायतले मन्तव्य राखेका थिए ।