ट्रेंडिंग:

>> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने

साल्ट ट्रेडिङको भवनमा व्यापारीको कब्जा, दुई करोड बढी भाडा तिरेनन्

‘बिचौलिया हाबी हुँदा बेचिए सटर’
३० आश्विन २०८०, मंगलवार
३० आश्विन २०८०, मंगलवार

धनगढी, ३० असोज ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको भवनमा व्यापारीहरूले कब्जा जमाएका छन् । धनगढी कार्यालयको सटर र कञ्चनपुरको फ्याट प्रयोग गरी व्यापारीहरूले २ करोड बढी रकम तिरेका छैनन् । भाडा बुझाउन पटक–पटक आग्रह गरे पनि व्यापारीहरूले टेरेका छैनन् । धनगढी संस्थानले १७ सटर भाडामा दिएकोमा एक सटरमा अहिले आफ्नै बिक्री कक्ष छ भने ३ सटर खाली छन् ।

अन्य १३ सटरका व्यापारीहरूले ९२ लाख ६२ हजार १ सय २१ रुपैयाँ २५ पैसा तिरेका छैनन् । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढी प्रमुख तेज बहादुर कुँवरका अनुसार मधुलक्ष्मी गार्मेन्ट प्रा.लि.ले १८ लाख २४ हजार ३ सय ६०, डिडि कलेक्सनले १५ लाख ९९ हजार २ सय६४, शुभलक्ष्मी इम्पेक्सले ११ लाख ३० हजार ६ सय ७१, बाजुरा फेन्सी पसलले ९ लाख ९२ हजार ४० रुपैयाँ,डी एन्ड वि इन्टरप्राइजेज ८ लाख १० हजार २ सय ४० रुपैयाँ, रमा सपिङ्ग सेन्टरले ७ लाख ५९ हजार ५ सय ६०, पाथीभारा इमपोरियमले ७ लाख २४ हजार ५ सय ४,बाबा उद्धवदेव टे«डर्सले ६ लाख ३८ हजार ५६ रुपैयाँ भाडा रकम बुझाएका छैनन् ।

यस्तै धुर्वतारा सपिङ सेन्टरले ५ लाख ३० हजार १ सय ४०, जिएसु सेन्टरले २ लाख १८ हजार ४ सय ८७, न्यू प्रकाश बस्त्रालयले २ लाख ८३ हजार ६ सय ४७, सुरपाल रेडिमेड बस्त्रालयले १ लाख ५१ हजार १ सय ६० र अङ्कित टे«डर्सले १ लाख भाडा रकम तिरेका छैनन् ।

‘दुई वर्षदेखि भाडा रकम तिरिदिन आग्रह गर्दै कुर्दै बसेका छौँ । अव त अति भइसक्यो सहन सक्ने अवस्थामा छैनौँ अव पनि व्यापारीहरूले भाडा नबुझाए हामीले कानुनी प्रक्रियामा जान्छौँ’, कार्यालय प्रमुख कुँवरले भने ।

सटर भाडा बापतको रकम तिर्न पटक–पटक पत्र पठाउँदा पनि व्यापारीहरूले रकम बुझाएका छैनन् ।

कञ्चनपुरमा रहेको साल्ट ट्रेडिङको भवन प्रयोग गरिरहेको रेफर अस्पतालले पनि १ करोड १७ लाख भाडा रकम तिरेको छैन । पटक–पटक ताकेता गर्दा पनि अस्पताल सञ्चालकले न त भवन छोड्न मानेका छन् न त भाडा नै बुझाइरहेका छन् । अस्पताल सञ्चालक नै अदालत पुगेपछि विवाद झन् बढेको छ । साल्ट ट्रेडिङ विरुद्ध अदालतमा जाहेरी दिएका सञ्चालक विरुद्ध नै अदालतले फैसला गरेपछि अस्पताल लिलाम प्रक्रियामा छ । ‘भाडा नबुझाएको खण्डमा अस्पतालका सामान लिलाम गर्न अदालतले आदेश दिएको छ । सोही बमोजिम हामी लिलामी प्रक्रियामा छौँ।प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र सुदूरपश्चिमबाट इन्जीनियरको टोली लगेर अस्पतालको सामान उठाउँछौँ,’ कार्यालय प्रमुख कुँवरले भने ।

बिचौलिया हाबी, बेचिए सटर

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीस्थित कार्यालयको भवनमा व्यापारीको मनलाग्दी छ । संस्थानको भवनमा लामो समय व्यापार गरेका व्यापारीहरूले आफूखुसी सटरहरू बेचेको पाइएको छ । ‘हाम्रो जानकारीबिनै व्यापारीहरूले सटरहरू बेचेका छन् । जसको नाममा सटरहरू दर्ता छन् । अहिले ती व्यापारी त्यहाँ छैनन् । अन्य व्यापारीहरूलाई सटर सुम्पिएर उनीहरू अन्य स्थानमा व्यापार गरिरहेका छन्,’ धनगढी कार्यालय प्रमुख कुँवरले भने ।

जयकृष्ण भट्टराईलेको नाममा रहेको सटर अहिले सुरपाल रेडिमेडलाई बेचिएको छ । समृद्धि बस्त्रालयले बाजुरा फेन्सी स्टोरलाई, माधव कृष्ण भट्टराइले बाबा उद्धवदेव टे«डर्सलाई, केशव प्रसाद बास्तोलाले रमा फेन्सी स्टोरलाई, जयलक्ष्मी इन्टरप्राइजेज सञ्चालकले डीएन्डबि इन्टरपाईजेजलाई र वीरेन्द्र गुप्ताले मधुलक्ष्मी गार्मेन्टलाई बेचेको पाइएको छ ।

‘सटर कसले कस्लाई सुम्पियो हामी त्यसमा जान्नौँ हामीलाई भाडा चाहिन्छ हामीले जसको नाममा सटर छ उहाँहरूलाई झक्झक्याइरहेकाछौँ,’ कुँवरले भने ।

सटर छोड्न अटेरी, टेण्डर रद्द

व्यापारीहरूले भाडा मात्रै तिरेका छैनन् । साल्ट ट्रेडिङको कुनै निर्देशन पनि मानेका छैनन् । संस्थानले भाडा तिरेर सटर छोड्न आग्रह गर्दै लामो समयदेखि परिपत्र गरिरहे पनि व्यापारीहरूले भने टेर पुच्छर लगाएका छैनन् ।

५ वर्षको अवधिमा संस्थानले ५० औँ पटक परिपत्र र निर्देशन जारी गरे पनि व्यापारीको रजाइँ कायमै छ । व्यापारीहरूको रवैयाका कारण हैरानी भइरहेको कार्यालय प्रमुख कुँवर बताउँछन् ।

‘हामीले उहाँहरूलाई भाडा चुक्ता गरिदिन आग्रह गरीरहेका छौँ । धेरै पटक पत्र पनि काटी सक्यौँ।हामीले ठेक्का मार्फत सटर भाडामा दिनको लागि दुई पटक टेण्डर पनि आह्वान गरेका थियौँ तर व्यापारीहरूले राजनीतिक पावर लगाएर दुवै पटकको टेन्डर पनि रद्द गराए,’ कुँवरले भने ।

भत्किँदै भवन, नयाँ बनाउने तयारी

धनगढी उप–महानगरपालिकाले बजार क्षेत्रको सडक फराकिलो बनाउन सुरु गरेपछि साल्ट ट्रेडिङ कर्पोरेसनको भवन पनि भत्काइने भएको छ । भवन भत्काएर सहयोग गरिदिन भन्दै उमहानगरपालिकाले संस्थानलाई पत्राचार गरेको छ । सडक क्षेत्रबाट २१ मिटरपर नयाँ भवन बनाउने तयारी संस्थानको छ ।

‘हामीले उप–महानगरपालिकासँग समय माग गरेका छौँ । अहिले नयाँ भवन निर्माणका लागी नक्सा पासको काम गर्दै छौँ अबको केही दिनमा हामी बोलपत्र आह्वान गछौँ,’धनगढी प्रमुख कुँवरले भने ।

मनलाग्दी भाडा बढाइयो व्यापारी

लिखित सम्झौता बिना नै साल्ट ट्रेडिङ क्षेत्रीय कार्यालय धनगढीले व्यापारिक मलको दोब्बर बढी भाडा बढाएको आरोप व्यापारीहरूको छ ।

आफूहरू सँग छलफल विनै एकाएक भाडा बढाउन थालेपछि विरोध गरेको र त्यसपछि मात्रै साल्ट ट्रेडिङले कहिले टेन्डर खोल्ने र रद्द गर्ने काम भइरहेको आरोप व्यापारीहरूको छ ।

२०७१ सालपछि २०७४ साल सम्म व्यापारीहरूले प्रति सटक १५ हजारका दरले भाडा बुझाएको बताएका छन् । अहिले प्रति सटरको साढे २७ हजार भाडा तोकिएको छ । ‘१० हजार बाट १५ हजार हुँदै भाडा २७ हजार पुग्यो बजारमा कारोबार छैन । हामीले कसरी तिर्ने ? व्यापार नै भइरहेको छैन,’ व्यापारी मदनकृष्ण भट्टले भने ।

व्यापारीहरूले नयाँ व्यापारिक भवनको निर्माण गर्दा पुरानो भवनले कुनै बाधा नपुगाउने भएकाले बजार क्षेत्रका अन्य संरचना भत्काउन सुरु हुँदा सम्म व्यापार व्यवसाय गर्न दिन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?