ट्रेंडिंग:

>> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं

उद्योग संघ अधिवेशनः उद्योगी सुरेन्द्र ज्ञवालीका यस्ता छन् चुनावी एजेण्डा

२८ आश्विन २०८०, आईतवार
२८ आश्विन २०८०, आईतवार

बुटवल, २८ असोज ।

‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको बिस्तार’ नारा बोकेर चुनावी मैदानमा छन् फर्निचर उद्योगी सुरेन्द्र ज्ञवाली । दुई कार्यकाल कार्यसमिति सदस्य हुँदै वर्तमान सहकोषाध्यक्षको जिम्मेवारीमा रहेका उनी अहिले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । ज्ञवाली २०६८ सालमा वस्तुगत समितिको सचिव र २०७० सालमा संयोजकको रुपमा काम गरिसकेका छन् । देविनगरमा त्रिशक्ति फर्निचर उद्योग संचालन गरेका उनी स्वदेशमा युवाहरुलाई रोजगारमार्फत देशको आर्थिक अवस्था सबल गराउन सकिन्छ भन्ने योजना अनुसार काम गरिहेका छन् । फर्निचर उद्योगमा दर्जन बढी युवालाई रोजगार दिएका उनी फर्निचर ब्यवसायीहरुको साझा संस्था बुटवल फर्निचर उद्योग संघको नेतृत्व समेत सम्हालिसकेका छन् । उमेरमा सानो देखिने ज्ञवाली ब्यवहारमा भने पाका छन् । लक्ष्य किटान गरेर उनी मैदानमा उत्रेका छन् । धेरै मेहनत र लगनकै कारण ब्यवसायी संघसंस्था र सामाजिक संस्थाहरुमा सफल नेतृत्व गरेका उनी देशमा आर्थिक सवलीकरण ल्याउन युवाहरु एकजुट हुनुपर्ने बताउँछन् ।

उद्योग संघलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन आफ्नो टिमको उम्मेदवारी दिएको उनको दाबी छ । युवा पलायन रोक्ने, उनीहरुलाई स्वदेशमा सीपयुक्त तालिम दिएर जनशक्ति तयार गर्ने र रोजगारमार्फत देशमा आर्थिक समृद्धि ल्याउन सकिने उनी बताउँछन् । अहिले पनि आधाभन्दा बढी उद्योगीहरु विदेशी कामदारमा भर पर्नुपर्ने अवस्था रहेको उनी औल्याउँछन् । नेपाल वनजन्य वस्तुको उत्पादनमा धनी देश भएपनि नीतिगत कारण यसको सदुपयोगमा चुकेको भन्दै यसमा राजनीतिक नेतृत्वको ध्यान जानुपर्ने सुझाव दिन्छन् । ‘वन जंगलमा फर्निचरजन्य काठहरु सडेर खेर गईरहेको बेला वर्षेनी अरबौका काठ विदेशबाट भित्रिरहेको छ’— उनले भने ।

स्वदेशी कच्चा पदार्थको समुचित प्रयोगका लागि पटकपटक आवाज उठाउँदै आएको भएपनि आवश्यक पहल नभएको उनको गुनासो छ । उनी फर्निचर संघको नेतृत्वमा रहँदा नेपाल सरकारबाट सालको काठ कटानी र ढुवानी बन्द गर्दा, टेण्डर बमोजिम उद्योगीले जम्मा गरेका करोडौ धरौटी रकम सरकारी खातामा जम्मा भएपनि आवश्यक प्रक्रिया अघि नबढाउँदा, तत्काल सालको काठ कटानी र बिक्री वितरण, ढुवानी सुचारु हुने वातावरण तयार गर्न, बिना दर्ता काम गर्ने प्रवृत्ति निरुत्साहित गर्न र उद्योगहरुलाई उचित संरक्षण अघि बढाउने पटकपटक ज्ञापनपत्र बुझाउने र समाधानको बाटो खोज्ने काममा सरकारसंग लबिङ गरेको स्मरण गर्छन् । देशको आर्थिक अवस्था सबल बनाउन युवाको काँधमा नेतृत्व जरुरी छ भन्ने सोंच बोकेका उनी यसकै लागि आफु अहिले उम्मेदवारी दिएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?