ट्रेंडिंग:

>> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

मेहनत र कर्मबाट उद्योगी बनेका हरि

२८ आश्विन २०८०, आईतवार
२८ आश्विन २०८०, आईतवार

बुटवल, २८ असोज । भर्खरमात्र बुटवल उद्योग वाणिज्य संघ रुपन्देही जिल्लाको निर्वाचन सकिएको छ । लगतै चाडपर्व नजिकिरहेको बेला रुपन्देहीका उद्योगीहरुलाई भने फेरी रुपन्देही उद्योग संघको २३ औं अधिवेशनको चटारो छ । उम्मेदबारको घोषणा र कतिपय पदमा सर्वसम्मत भएको छ । नया नेतृत्वका लागि उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका छन् । प्रचारप्रसार अभियानमा संघमा विभिन्न पदमा रहेको योगदान दिएका वर्तमान महासचिव हरि बहादुर खत्री द्वितीय उपाध्यक्ष पदमा उम्मेदबारी दिएका छन । धेरै उद्योगी ब्यवसायी पारिवारीक बिरासतमा नेतृत्वको दाबी गरेपनि खत्रीको भने फरक कथा छ । खत्री उद्योग क्षेत्रमा प्रवेश कसैको प्रेरणा वा पारिवारिक विरासतबाट नभई अप्रत्याशित रुपमा आफ्नै सोंच र अनुभवले उद्योगी अवसर आएको उनि दाबी गर्छन । सानैबाट धेरै मेहनत र निरन्तरता नै अहिलेको सफलता भएको उनि बताउछन । ‘पाच बर्षको उमेर हुदा बुवालाई गुमाए ।’— उनले भने । आमाले धेरै दुखकष्ट गरि स्कूल पढ्न पाएको र कक्षा २ मा पढ्दै गर्दादेखि चकलेट, विस्कुट बेचेको स्मरण गर्छन । कुनै पनि काम गर्न लाज नलाग्ने सानैदेखिको वानी नै आजसम्मको सफलताको सिंढी चढ्ने हतियार बनेको उनी बताउछन् । गुल्मीको चन्द्रकोट गाउपालिका वडा नं. ८ गेघुङमा २०३९ साल चैत्र ५ गते बुवा टिका बहादुर खत्री र माता मायादेवि खत्रीको कोखबाट जन्मीएका हरि बहादुर खत्री पठाईको सिलसिलामा रुपन्देही झरेका हुन । २०५४ सालबाट आफ्नो फुपुको घरमा बसेर रुपन्देहीको फर्साटिकर माविमा अध्ययनतर खत्रीले २०६२ सालमा एसएलसी उत्तिर्ण गरेका थिए । बिसं २०६२ सालमा एसएलसी उत्तिर्ण गरेका हरि बहादुर खत्रीले त्यसभन्दा अगाडीदेखि नै पढाई र जागिरलाई सगै अगाडी बढाउने निधो गरेर काम गरेका हुन । त्यसै क्रममा स्थानिय रुपन्देहीको शुद्धोधन गाउपालिका–४ मा रहेको लिटिल फ्लावर माविमा एकाउन्ट र पढाउने जिम्मेवारी लिन पुगे । २०५७ देखि ६७ सालसम्म उनले सो पेशा गरेका हुन । जिवनमा पहिलो जागिरबाट बुझेको पैसा लिएर उनी भारतको नौतनवा साइकल किन्न भएर साइकल लिएर उहीबाट साइकल चलाउदै बुटवल आएका हुन । त्यो क्षण उनको जिन्दगीको सबैभन्दा खुशीको क्षण मात्र भएन उनले त्यत्तिबेला संसार जितेको अनुभूति गर्न पुगेका थिए । आज पनि उनले त्यो क्षणलाई विर्सन सक्दैनन ।

शिक्षण पेशा र एकाउन्टको जिम्मेवारी सम्हादै गर्दा सोहि विद्यालयको भवन निमार्ण भैरहेको थियो । त्यसक्रममा उनले त्यसको रेखदेख गर्ने जिम्मा पनि पाएको र आवश्यक फर्निचर, सिमेन्ट, वालुवा लगायतको व्यवसापन गर्नु पर्दथ्यो । सोहि काम गर्ने क्रममा फर्निचर (काठ)का लागि स–मिलमा लगातार जादै गर्दा उनलाई काठको काम गर्ने सोंच पलाएको बताउछन् । लगातारको स–मिल धाउदै गर्दा पलाएको सोंचलाई उनले आफ्ना तिन भाईलाई सुनाएपछि मिलेर स–मिल खोल्ने योजनाले साकार रुप लिएको खत्रीको भनाई छ । यो काम उनले शिक्षण पेशा गर्दैगर्दा नै थालेका हुन । आज त्यसले उनलाई यस क्षेत्रको एक सफल उद्योगी बनाएको छ । उनले त्यत्ति बेला नै दर्ता गरेको प्रशंसा स–मिल तथा फर्निचर उद्योग उनले निरन्तर १८ बर्षदेखि चलाउदै आएका छन् ।

खत्री २०६७ सालमा रुपन्देही उद्योग सघको सदस्यता लिएर उद्योगीहरुको नेतृत्व गर्न अगाडी बढेका हुन । संघको सदस्यता लिएको १ वर्षमै स–मिल बस्तुगत उपसमितिको संयोजक बनेर आफ्नो नेतृत्व क्षमता देखाउन थालेका खत्रीले संघको महासचिवसम्मको जिम्मेवारी सफलता पूर्वक पुरा गरेका छन् । यस वीचमा उनले संघमा २०७०–७४ सम्म दुई कार्यकाल कार्यसमिति सदस्य, २०७४–७६ सहकोषाध्यक्ष, २०७६–७८ कोषाध्यक्ष र २०७८–८० सम्म महासचिवको जिम्मेवारी निभाएका हुन ।

रुपन्देही उद्योग संघको द्वितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका खत्रीले आफ्नो उम्मेदवारी उद्योगीहरुको समस्यामा साथ दिने र लड्ने लक्ष्यकासाथ भएको बताउदै अनुभव एवं जिम्मेवारीले संघको नेतृत्व गर्न अगाडी बढेको बताउछन् । पछिल्लो समयमा उद्योग व्यवसायको क्षेत्रमा देखापरेको मन्दी र त्यसबाट आएको संकटलाई सबै उद्योगीहरु मिलेर सामना गर्नु पर्ने बताउदै खत्रीले संघलाई सबैको साझा बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । हिजो संघको विभिन्न पदमा रहेर उद्योगीहरुको समस्यालाई नजिकबाट बुझ्ने अवसर पाएको र सधै उद्योगीहरुको हितमा उभिएको उनको दावी छ । खत्रीले आफुले संघमा रहदासम्म टिम वर्कमा विश्वास गरेको हुदा अगाडीका दिनमा पनि टिमको भावना अनुसार चल्ने प्रतिवद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?