ट्रेंडिंग:

>> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं

उपभोग्य वस्तुुमा चरम मूल्य वृद्धि, अनुुगमन फितलो

२७ आश्विन २०८०, शनिबार
२७ आश्विन २०८०, शनिबार

नवलपुर, २७ असोज ।
पूर्वी नवलपरासीमा दशैको मुखमा ब्यापारीले उपभोग्य वस्तुको मूल्य वृद्धि गरेर बिक्री गर्दा समेत कहीँकतैबाट पनि कुनै चासो नदिंदा सर्वसाधारण मर्कामा परेका छन् ।

अहिले पूर्वी नवलपरासीमा दशैको मुुखमा बिगत दुुई महिना यताकै चरम मूल्यवृद्धि भएको छ । दैनिक खाद्य वस्तुमा भएको चरम मूल्यवृद्धिले उपभोक्ता देखि सर्वसाधारणको यो पटकको दशै निक्कै महँगो हुुने भएको उपभोक्ता मञ्च नवलपरासी पुर्वका सदस्य तिलक जैसीले बताए ।

अहिले पनि बिगत दुई महिनाको अवधिमा हरेक वस्तुको ४० प्रतिशत देखि ६० प्रतिशत सम्म मूल्य बृद्धि भएको छ । यो बिगत दश वर्षको तुलनामा चरम मूल्य वृद्धि भएको देवचुलीका निलकण्ठ पोखरेलको भनाई छ । अहिले पनि चिनीमा सबै भन्दा बढी कालाबजारी भैरहेको छ भने दाल, खाने तेल, मसला, चामल, प्याज, लसुुन लगायत दैनिक उपभोगका हरेक सामानमा चरम मूल्य वृद्धि भैरहेको गैंडाकोटका स्थानीय कान्ती कुँवरले बताईन् ।

अहिले बजारमा सोना मन्सुली चामलको प्रतिकिलो रु एक सय कायम भएको छ जुन दुई महिना अघि प्रतिकिलो रु ७६ कायम थियो । यसैगरी दुई महिना अघि प्रतिकिलो रु १४० पर्ने मसुरोको दाल अहिले रु २२० मा बिक्री भैरहेको छ भने चिनीको खुद्रा मूल्य प्रतिकिलो रु १३० मा उपभोक्ताले खरिद गरेर खान बाध्य भएका छन् । दाल, चिनी, मसला, तेल, चामल लगायत बिभिन्न खाद्य उपभोग्य वस्तुमा दशैंको मुखमा यसरी अचाक्ली मूल्य बढेका कारण कसैले पनि यसको नियन्त्रणमा चासो नदिंदा अझै मूल्य बढ्न सक्ने उपभोक्ताहरु बताउँछन् ।

यसरी हरेक चाडपर्वमा हुने कालाबजारी गर्नेहरुमाथि कारबाही गर्ने निकाय नै मौन रहँदा सबैभन्दा बढी मारमा सर्वसाधारणहरु पर्ने गरेका गैंडाकोटका अधिकारकर्मी एकदेव रिमालले बताए ।

अहिले बजारमा किनमेल गर्नेहरुले मूल्य वृद्धि हुँदा सबैलाई झस्काएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले अनुगमन आज आइतबारदेखि कडाईका साथ शुरु गरिने र लेवलिङ गरेको भन्दा बढी रकम लिएर उपभोग्य सामान बिक्री गरेको पाईएमा कारबाही गर्ने बताईन् ।

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला अनुगमन समितिले अनुगमन गर्ने गरे पनि त्यो प्रभावकारी बन्न सकेको छैन । प्रभाबकारी हुन नसकिरहेको अवस्थामा भने आजदेखि थप कडाईका साथ अनुगमन गर्ने र कृत्रिम अभाव देखाउने, मूल्य वृद्धि गराउने जो कसैलाई पनि कारबाहीको दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताईन् ।

मूल्य वृद्धिले हरेक निम्न आय भएका सर्वसाधारणको ढाड सेकिएको छ । “महँगोमा तिरेर भए पनि पेट भर्नका लागि सामान किन्न पर्दो रहेछ”– गैंडाकोटका रविन्द्र अधिकारीले भने । हरेक सामानको मूल्यमा भएको वृद्धिलाई रोक्न सम्बन्धित निकाय असफल भएको उनले बताए ।

मूल्य वृद्धि भएको तर्फ जिल्ला प्रशासनको गम्भीर ध्यानाकर्षण भएको र प्रशासनका तर्फबाट कडाईका साथ अनुगमन गरी सर्वसाधारण ठग्ने जो कसैलाई पनि कारबाही गरिने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताईन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?