© २०२३
चन्द्रौटा(कपिलवस्तु), २५ असोज ।
कपिलवस्तुको शिवराज नगरपालिकाले चाडपर्व लक्षित गर्दै बजार अनुगमन सुरु गरेको छ । नगर उपप्रमुख शिवकुमारी थारुको नेतृत्वमा बजार अनुगमन बुधवार देखी बजार अनुगमन सुरु गरिएको छ । अनुगमनका क्रममा कृषि हाटबजार, प्रमुख व्यापारिक स्थल चन्द्रौटा, खरेन्द्रपुर शिवपुर लगायतका स्थानमा अनुगमन गरिने उपप्रमुख थारुले बताईन् । अनुगमनको पहिलो दिन चन्द्रौटा हाटबजारमा अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा खाद्य पदार्थ, माछा मासु पसल, बिउ विजन पसलको अनुगमन गरिएको जनाईएको छ । अनुगमनका क्रममा अखाद्य बस्तु, म्याद गुज्रेका खाद्य बस्तु, सूर्ती जन्य पदार्थ, नियम विपरीत प्रयोग भएका ढक बरामद गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल बताउँछन् ।