ट्रेंडिंग:

>> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

बाणगंगा र बुद्धभूमिलाई उद्योगी लक्षित कार्यक्रम

२५ आश्विन २०८०, बिहीबार
२५ आश्विन २०८०, बिहीबार

चार नम्बर (बुटवलटुडे), २५ असोज– नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति डि.वी. बस्नेतले गुणस्तरिय मकैको उत्पादन गरी यस क्षेत्रका उद्योगहरूलाई व्यवस्थित गर्न बाणगंगा र बुद्धभूमि नगरपालिकालाई लक्षित गरी कार्यक्रम संचालनको तयारी थालिएको बताएका छन् । कृषकहरूको मागअनुसार नेपाल सरकारसँग समन्वय गर्दै विउ बिजन भित्राईने र नेपालमा रहेका विउ कम्पनीहरूमा प्राविधिहरूले विउ उत्पादनमा सहयोग गर्ने छन भन्ने बिषयमा जोड दिएका छन् ।

प्रतिकट्ठा ४ क्वीन्टल उत्पादन हुने छ र बिउ, मल र खादको बिषयमा किसान वा कृषकलाई समयमा नै उपलब्ध गराउन सम्बन्धित निकायसंग समन्वय गर्ने सभापति बस्नेतले बताए । छिमेकी देश भारतबाट गत बर्ष मात्रै करिब १५ अर्बको मकै आयात भएको हुँदा अब मकैको मागको पूर्ति गर्न देशबाटै हुने वातावरण बनाउनु पर्ने बताउँदै ‘स्वदेशी उत्पादन वृद्धि गर्ने अभियान अन्तर्गतको यो कार्यक्रम भएको दाबी गरे ।
‘दाना उद्योगहरूमा मकैको माग बढी छ, दानाका लागी चाहिने गुणस्तरियता नेपालको मकैमा नभएपछि भारतबाट उद्योगगिहरूले ल्याउने गरेको पाईएको हुँदा स्वदेशमै मकैको गुणस्तरियतामा वृद्धि गर्न आवश्यक भएको बताए । अमेरिकी सरकारको सहयोग र नेपाल उद्योग बाणिज्य संघको सहकार्यमा यो कार्यक्रम नेपालका ६ जिल्लाहरू दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र कपिलवस्तुमा संचालन गरिने भएको बताए । कृषि उद्यम केन्द्रका केन्द्रिय सदस्य खेम हमाल र केन्द्रिय सदस्य बिश्व कुमार चन्दले उद्योगीहरूको समस्यालाई समाधन गर्न गुणस्तरिय सामाग्री उत्पादनमा बृद्धि गर्न आवश्यक भएको बताए ।

यस्तै कृषि लघु उद्यम कार्यक्रम अन्तर्गत मकै खेतीमा किसानलाई प्रोत्साहन गर्दै खेतीको प्रवर्धन गर्ने कार्यक्रम संचालनको अन्तिम चरणमा पुगेको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताए । कार्यक्रमलाई सफल बनाउन संघले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउँदै संघमा आवद्ध कृषकसंगै अन्य उद्योगी व्यवसायीलाई कार्यक्रममा जोड्दै मकैको उत्पादनमा वृद्धि गर्ने गरि कार्यक्रम संचालन हुने अध्यक्ष घिमिरेले बताए ।

कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले स्वदेशमा उत्पादन बृद्धि गरी उद्योगहरूलाई चलायमान बनाउनु उदाहरणीय कार्य हो तर सर्वप्रथम प्रयाप्त सिंचाई, मलखाद र गुणस्तरिय विउविजनको व्यवस्था हुनु आवश्यक भएको बताए ।
उक्त कार्यक्रमलाई संचालन गर्नु भन्दा पूर्व बिकराल रूपमा रहेको छाडाचौपायाको व्यवस्थापन गर्न आवश्यक छ । किसानहरूले दुःख गरी लगाएको खेती सबै छाडाचौपायाले सखाप पारिदिँदा किसानहरू चिन्तित छन् । मकै उत्पादनमा बृद्धि गर्नु अत्ति उत्तम हो तर उत्पादनलाई बढाउन छाडाचौपायाको व्यस्थापन स्थानिय तहले दिए । कार्यक्रममा सहभागिहरूले प्रतिकट्ठामा ४ क्वीन्टल मकै उत्पादन हुन्छ भने नगदेवालिको रूपमा खेति गर्न तयार भएको बताएका छन् । हामिहरूले उत्पादन गरेको मकै अर्थात सामाग्रीले उचित बजार भाउ पाउँनु पर्छ । भने नगदेबालीको रूपमा खेतीको बिस्तार गर्न सिंचाई, मलखाद र समयमा गुणस्तरिय बिउबिजन पाए कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडी बढाउने छौं भन्दै सहभागिहरूले खुशी व्यक्त गरेका छन् ।

कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलको संचालनमा सम्पन्न उक्त कार्यक्रमका संघका पूर्ववरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल लगयातका पदाधिकारीहरूको सहभागिता रहेको थियो । सो कार्यक्रम संचालनका लागि कपिललवस्तु उद्योग बाणिज्यसंघमा अफिसको व्यवस्थापन गरिने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?