ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

फोहरमैलालाई स्रोतमा बदलौ : मुख्यमन्त्री चौधरी

२१ आश्विन २०८०, आईतवार
२१ आश्विन २०८०, आईतवार

लमही, २१ असोज ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले फोहरमैलालाई स्रोतको रुपमा उपयोग गर्नु पर्ने बताएका छन् । उनले त्यसको पुनः प्रयोग र प्रशोधनबाट आयआर्जन गर्न सक्नु पर्ने बताए । यसले आर्थिक विकास र समृद्धि आउने उनले बताए ।

संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको आयोजनामा लुम्बिनीमा भएको फोहरमैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा उपर प्रदेशस्तरीय परामर्श कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन् ।

’फोहरमैलाबाट मानव स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण र फोहरमैलाको प्रभावकारी व्यवस्थापन गर्न प्रदेश सरकारले योजना बनाएर काम गर्नेछ’, मुख्यमन्त्री चौधरीले भने, ‘त्यो अभियानमा सरकार लाग्छ ।’

उनले कानुनको मस्यौदा तयार गर्दा स्थानीय सरकार, प्रदेश सरकार र स्थानीयसंग छलफल गरेर ल्याउनुपर्ने बताए । ’अहिले आएको मस्यौदा केन्द्र सरकारले हामीलाई सुनाउँछ, तर छलफलमा उठेका सुझावहरुलाई समावेश गरिर्दैन’ उनले भने । मुख्यमन्त्री चौधरीले छलफलमा उठेका सुझावहरुलाई समावेश गरेर केन्द्र सरकारले कानुन बनाउने कुरामा आशा व्यक्त गरे ।

उनले फोहर व्यवस्थापनको लागि आफुबाटै शुरुवात गर्नु पर्ने बताए । उनले ’सफा शहरको परिकल्पना त्यति बेला मात्र पुरा हुन्छ जतिबेला हामी सबैले फोहर निश्चित ठाउँमा विसर्जन गर्नुपर्छ भन्ने बुझ्छौ ।’ अहिले फोहरमैला जथाभावि फाल्ने चलन भएको औल्याउँदै मुख्यमन्त्री चौधरीले अव सबैले फोहरमैला व्यवस्थापनको लागि तोकिएको ठाउँमा फाल्नुपर्ने बताए । त्यसरी राखियको फोहरमैलालाई केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले व्यवस्थापनमा काम गर्नुपर्ने उनको भनाई छ । मुख्यमन्त्री चौधरीले फोहरमैला व्यवस्थापनको लागि कानुनी रुपमै समाधान खोज्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?