© २०२३
बुटवल, २१ असोज ।
देविनगरमा रहेको साईनो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ साधारण सभा तथा पाँचौ अधिवेशनबाट भोज बहादुर केसीको अध्यक्षतामा ९ सदस्यीय नया नेतृत्व चयन भएको छ । जसको उपाध्यक्ष यदुमणी पोख्रेल, सचिव अनिल सुजन कुंवर, कोषाध्यक्ष लक्ष्मण कुमार श्रेष्ठ तथा सदस्यहरुमा राजकुमार थापा, बाबुराम खनाल, राधिका ज्ञवाली, शान्ता अर्याल र बबिता महत क्षेत्री छन । यसैगरि लेखा सुपरिवेक्षक समिति संयोजक खेम राज पोख्रेल, सदस्यहरु प्रकाश पंन्थी र ईन्दिरा भट्टराई सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रमको बुटवल बहुमुखी क्याम्पसका पुर्व सहप्राध्यापक लिला बहादुर केसीले उद्घाटन गर्दै समाजका ब्यक्तिहरुलाई एकतावद्घ गर्दै ससाना रकम संकलनबाट आर्थिक समृद्धिको काममा अग्रसर सहकारी प्रतिको दृष्टिकोण परिवर्तन हुन जरुरी रहेको बताए ।
सहकारीका अध्यक्ष रोम बहादुर कुवरले व्यापार, ब्यवसाय गर्ने शेयर सदस्यहरुको मागलाई मध्येनजर गरि लगानी गर्दै आएको बताए ।
कार्यक्रममा शेयर सदस्य टोकम बहादुर कुंवर, शेयर सदस्य अनमोल कुवर, मालिका सहकारीका अध्यक्ष कपिल आचार्य, पथ प्रदर्शन सहकारीका कृष्ण बस्नेत, लेखा समिति संयोजक लक्ष्मण कुमार श्रेष्ठ, प्रेस सल्लाहकार बिक्रम खड्का, सल्लाहकार सुर्य प्रसाद शर्मा सुवेदीले सहकारीको सिद्धान्तसंगै एउटै थलोमा बसोबास गर्नेहरु मिलेर आत्मियताको भावना बढाउने गरि स्थापना भएको बताए । कोभिड जस्तो बिपदको समयमा लड्न सफल भएको स्मरण गर्दै सहकारीमा आवद्घ भएर चाहिएको बेला ऋण लिएर सहि उपयोग गर्न जरुरी रहेको बताए । सहकारीमार्फत केवल आर्थिकमात्र नभई सामाजिक कार्यमा समेत अग्रसरता देखिएको उनले बताए । सहकारीमा सदस्य ५ सय ३४ जना छन । बाल बचत अन्तरगत ३८ जना समेत थप सदस्यहरु रहेको सचिव यदुमणी पोखरेलले बताए । सहकारीका जेष्ठ नागरिकहरु रोम बहादुर कुवर र धनकला पाण्डेलाई सम्मान गरिएको थियो ।