ट्रेंडिंग:

>> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ)

सहकारीको पिडा : कोभिड र आर्थिक मन्दी

२० आश्विन २०८०, शनिबार
२० आश्विन २०८०, शनिबार

बुटवल, २० असोज ।

लालटिन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आठौ साधारण सभा सम्पन्न भएको छ । ‘सहकारी अभियानमा उज्यालो लालटिन’ नारासहित स्थापना भएको सहकारीको साधारण सभामा सहकारीको प्रगती बिवरण प्रस्तुत गर्दै अध्यक्ष गंगालाल सापकोटाले कोभिड संक्रमण र आर्थिक मन्दीको कारण लक्ष्य अनुसार काम गर्न नसकेको बताए । नाम अनुसार नै कृषि क्षेत्रलाई प्राथमिकतामा अभियान चलाएको बताए । ‘हामीले कृषि शिक्षामा न्युनतम ब्यमजदरमा लगानी गरेका छौ ।’—उनले भने ।

सहकारी मर्म अनुसार दैनिक उपभोग्य सामानहरुलाई आफै प्याकेजिङ गरि बिक्रीवितरण गर्दा संस्था आर्थिक मुनाफामा रहेको उनले बताए । प्रत्येक वर्ष सहकारीको साधारण सभामा प्रदान गरिने यातायात खर्चलाई आफ्नै सहकारी पसलमा खरिदको लागि कुपन बितरण गरिदा यसबाट दोहोरा फाईदा भएको उनले बताए । यो वर्ष १६ लाख बराबरको कुपन बितरण यसले ३२ लाख बराबरको कारोबार हुने उनले बताए । पसलको बिक्रीलाई बढाउदै लैजाने र शाखा बिस्तारको योजना रहेको उनले बताए । यसैगरि सहकारीको आर्थिक रुपमा समेत सबल रहेको कुरा ११.०५ बाट ११.८ लाभास दरको वृद्धिले देखाएको दाबी गर्दै उनले यसवर्ष कारोबारको आधारमा मुलाफा बितरण १५ लाख ८० हजार रुपैया तथा शेयर लाभासलाई ३२ लाख ८५ हजार रुपैया छुट्याएको बताए ।

कार्यक्रमको एक समारोहका बिच जेष्ठ शेयर सदस्य गोबिन्द बहादुर कार्कीले उद्घाटन गर्दै सहकारी समाजका मानवलाई जोड्ने अभियान भएको बताए ।

कार्यक्रममा डा लोकराज भुषाल, सल्लाहकार सुमन अधिकारी, सहकारीका सचिव दिनेश कुमार पाण्डे क्षेत्रीले सहकारीको संख्यात्मक वृद्धि भएपनि गुणात्मक हुन नसकेको भन्दै यसतर्फ सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताए । सहकारीमा हाल शेयर सदस्य २ हजार ५ सय ७७ जना पुँजी २ करोड ८० लाख रुपैयाँ रहेको छ ।

यता देविनगरमा स्थापना भएको साईनो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ साधारण सभा तथा पाचौ अधिवेशनमा बोल्ने वक्ताहरुले सहकारीको संख्याभन्दा पनि कामलाई मूल्यांकनको आधार बनाउनुपर्नेमा जोड दिए ।

बुटवल बहुमुखी क्याम्पसका पुर्व सहप्राध्यापक लिला बहादुर केसीले उद्घाटन गर्दै समाजका ब्यक्तिहरुलाई एकतावद्घ गर्दै ससाना रकम संकलनबाट आर्थिक समृद्धिको काममा अग्रसर सहकारी प्रतिको दृष्टिकोण परिवर्तन हुन जरुरी रहेको बताए ।
सहकारीका अध्यक्ष रोम बहादुर कुँवरले व्यापार, ब्यवसाय गर्ने शेयर सदस्यहरुको मागलाई मध्यनजर गरी लगानी गर्दै आएको बताए ।

कार्यक्रममा शेयर सदस्य तोकम बहादुर कुंवरले सहकारीको सिद्धान्तसंगै एउटै थलोमा बसोबास गर्नेहरु मिलेर आत्मियताको भावना बढाउने गरी स्थापना भएको बताए । कोभिड जस्तो विपदको समयमा लड्न सफल भएको स्मरण गर्दै सहकारीमा आवद्घ भएर चाहिएको बेला ऋण लिएर सहि उपयोग गर्न जरुरी रहेको बताए । विशेष गरी उत्पादनशील क्षेत्रमा शेयर सदस्यहरु अग्रसर भएर लाग्नुपर्ने सुझाव दिए । सहकारीमा शेयर सदस्यहरुलाई तालिम र अभिमुखिकरणका कार्यक्रममा जोड दिनुपर्ने सुझाव दिए । सहकारीमार्फत केवल आर्थिकमात्र नभई सामाजिक कार्यमा समेत अग्रसरता देखिएको उनले बताए ।
शेयर सदस्य अनमोल कँुवरले सहकारी संस्था मुलमर्म अनुसार एउटै परिवारको रुपमा अघि बढ्न सुझाव दिईन् ।

कार्यक्रममा मालिका सहकारीका अध्यक्ष कपिल आचार्य, पथ प्रदर्शन सहकारीका कृष्ण बस्नेत, लेखा समिति संयोजक लक्ष्मण कुमार श्रेष्ठ, प्रेस सल्लाहकार विक्रम खड्का, सल्लाहकार सुर्य प्रसाद शर्मा सुवेदीले शेयर सदस्यहरुमा सहकारीको ज्ञानको कमी देखिएको भन्दै आगामी दिनहरुमा वित्तिय र सहकारी सचेतनालाई जोड दिने बताए । सहकारीमा सदस्य ५ सय ३४ जना छन । बाल बचत अन्तरगत ३८ जना समेत थप सदस्यहरु रहेको सचिव यदुमणी पोखरेलले बताए । सहकारीका जेष्ठ नागरिकहरु रोम बहादुर कुवर र धनकला पाण्डेलाई सम्मान गरिएको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?