ट्रेंडिंग:

>> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न

किन गरिन्छ पितृहरुको लागि श्राद्ध कर्म ?

१३ आश्विन २०८०, शनिबार
१३ आश्विन २०८०, शनिबार

श्रद्धास्वरुप गरिने क्रिया नै श्राद्ध हो । विशेषगरी पितृहरूलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति कृतज्ञता प्रकट गर्ने उद्देश्यले प्रेरित भइ गरिने कार्यका रूपमा श्राद्ध शब्दको प्रयोग गरिंदै आएको पाइन्छ । जीवित हुँदा मातापिताप्रति सेवा गर्नुलाई हरेक सन्तानको कर्तव्य मानिएको छ भने उनीहरूको मृत्यु भएपछि दाहसंस्कार आदि क्रिया गर्नु एवं पितृहरूको सम्झना गर्दै श्राद्धादि कार्य गर्नु पनि सन्तानको परम कर्तव्य मानिएको छ ।

परलोकमा विश्वास राख्ने आध्यात्मिक स्वभावका व्यक्तिहरू अर्थात् सनातनीहरुले संसारको प्राचीन ग्रन्थ ऋग्वेद नै मान्दछन् । ऋग्वेदका अनुसार पूर्वजहरूलाई श्रद्धापूर्वक सम्झन अर्थात् श्राद्ध गर्न जुनसुकै धार्मिक सम्प्रदायलाई रोकावट छैन । विष्णुपुराण, नृसिंहपुराण, गरुडपुराण आदिले पनि ऋग्वेदको अनुसरण गरेको पाइन्छ । श्राद्धको निमित्त इच्छा, भक्ति, श्रद्धा र स्मरणलाई अनिवार्य मानिएको छ । पिता–माताबाट नै आफ्नो शरीर पैदा भएको र लालनपालन, शिक्षादीक्षासमेत प्राप्त हुने हुँदा उनीहरूको निमित्त श्रद्धास्वरुप कर्म गर्नुपर्ने निर्देश वैदिक हिन्दु सनातनी धर्मले दिएको छ । अथर्ववेदमा पृथ्वी, अन्तरिक्ष र देवलोक(स्वर्ग) यी तिनै लोकमा पितृको निवास हुन्छ भनेर बताइएको छ । श्राद्धको फलबाट देवलोकमा पितृहरू अनन्त कालसम्म रहन्छन् र सुख भोग गर्न पाउँछन् भन्ने कुरा हाम्रो प्राचीन ग्रन्थ वेदमा स्पष्ट रुपमा उल्लेख समेत गरिएको छ । ‘पितृणां लोकमपि गच्छन्तु ये मृताः’ (अथर्ववेद १२।२।४५) अर्थात् जो मरेका छन् तिनीहरु पितृलोक जाऊन् भन्ने कामना गरिएको हुन्छ । साथै मृत्युपश्चात् पितृयोनिमा प्रविष्ट हुन सकून् भन्ने इच्छा पनि हामीले राखेका हुन्छौँ ।

विशेषगरी औँसी (आमावश्या) तिथिलाई पितृहरुको तिथि र पितृहरुको भोजन गर्ने दिन मानिन्छ भने प्रत्येक वर्षको आश्विन कृष्णपक्षलाई पितृपक्ष ठानेर सोह्र दिनसम्म पितृहरुको महापर्व मनाइन्छ । मनुष्यको एक महिना पितृहरुका लागि एक अहोरात्र मानिने र औँसीका दिनलाई पितृहरुको हाम्रो दैनिक भोजनकाल जस्तै ठानिएको हो । पर्वमा वा पक्षभर हुने श्राद्ध भएका कारण आश्विन कृष्णपक्षमा गरिने श्राद्धलाई पार्वण श्राद्ध भनिएको हो । पितृपक्षमा श्रद्धापुर्वक गरिने पूजापाठ, दान, तर्पण, संकल्प, व्राह्मण भोजन आदि कार्यबाट पितृहरु खुसी भएर उनीहरुले सन्तानलाई आशिर्वाद दिन्छन् भन्ने धार्मिक मान्यता रहिआएको छ ।

श्राद्धमा श्रद्धासँग दिइएका वस्तुले, पितृहरुका लागि अनन्त कालसम्म अक्षय तृप्ति प्रदान गर्दछ । हाम्रा पितृहरु शुद्धकर्मका कारण देवता बनेका छन् भने हामीले श्राद्धमा दिएको अन्न अमृतमा परिणत हुन्छ । गन्धर्व बनेका छन् भने श्राद्धको अन्न भोगका रुपमा प्राप्त हुन्छ । पशु बनेका छन् भने तृण अर्थात् घाँसका रुपमा परिणत हुन्छ । वायुभक्षी नागयोनिमा पुगेको भए वायु रुपमा, राक्षस बनेका छन् भने अभक्ष्य पदार्थका रुपमा, दानव बनेका छन् भने मासुका रुपमा, प्रेत बनेका छन् भने रगतका रुपमा र मान्छे बनेका छन् भने श्राद्धमा दिइएको अन्न भोगका रुपमा परिणत भएर हाम्रा पितृहरुलाई तृप्त गर्दछ भन्ने भनाइ पनि रहेको छ । वैदिक ग्रन्थहरुमा विशेषगरी अग्न्याधान, अग्निहोत्र, दर्शपूर्णमास, चातुर्मास्य, निरूढपशुबन्ध, अग्निष्टोम सोमयाग, वाजपेय, राजसूय, अश्वमेध इत्यादि यज्ञहरूको विधि बताइएको छ र साथसाथै श्राद्धको विधान पनि उल्लेख गरिएको पाइन्छ । श्रौत अग्न्याधान गरेका व्यक्तिले दर्शयाग गर्दा अघिल्लो दिन औँसीमा अपराह्णमा पितृलाई उद्देश गरी पिण्डपितृयज्ञ गरेर भोलिपल्ट दर्शयाग गर्नू भन्ने वेदको विधानसमेत रहेको छ । यही पिण्डपितृयज्ञ नै श्राद्धकर्मको मूल वैदिक स्रोत पनि हो ।

भाद्र शुक्लपूर्णिमादेखि आश्विन कृष्णपक्षको आमावश्यासम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो । कसैकसैले सोह्र दिनको गणना गर्दा आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धसम्मका सोह्र दिनलाई लिने गर्दछन् । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा समेत स्पष्ट पारिएको छ । आश्विन महिनाको कृष्ण पक्ष पितृहरूलाई तृप्त तुल्याउने समय हो, त्यसैले यसलाई पितृपक्ष भनिन्छ । एक पक्षमा १५ दिन हुन्छन् तर यतिबेला गरिने श्राद्धलाई किन सोह्र श्राद्ध भनिएको भन्ने जिज्ञासा उठ्न सक्छ । खासगरी आश्विन कृष्ण प्रतिपदा तिथिदेखि औंसीसम्म १५ दिन र भाद्र शुक्ल पूणिर्माको एक तिथि जोडेर जम्मा सोह्र दिनको समयलाई सोह्रश्राद्ध भनिएको हो ।

पछिल्लो समय आफ्नो सनातन संस्कार, मातृभूमि, जाति, धर्म, संस्कृति, दर्शन, रीतिस्थिति, भेषभूषा, आचारसंहिता, खानपान इत्यादिका हाम्रा महत्वपूर्ण मूल्यमान्यतालाई आदर गर्ने, संरक्षण एवं सम्बद्र्धन गर्ने र तिनमा गौरवानुभूति गर्ने व्यक्ति क्रमशः कम हुँदै गएको पाइन्छ । आफ्नो संस्कारलाई समाप्त गर्दै अरुको धर्म र संस्कारलाई अनुशरण गर्दै जानु भनेको आफ्नो पहिचानलाई पनि गुमाउनु हो । हामीले संस्कारभित्र सदाचार, शुद्धता, पवित्रता, इमान्दारिता, निष्ठा, कर्तव्य, इमानदारिता मुख्य रुपमा पर्दछन् । अस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?