© २०२३
सुर्खेत, ११ असोज ।
सुर्खेतको गुर्भाकोट नगरपालिका स्थित बोटेचौरमा भेरी कोरिडोर सिंचाई तथा नदी व्यवस्थापन आयोजना कार्यालयको स्थापना गरिएको छ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले आज एक कार्यक्रमकाबीच उक्त कार्यालयको उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै खड्काले मुलुकको विकासका लागि प्रधानमन्त्रीको चिन भ्रमण सफल भएको बताए । उनले वर्तमान सरकारले कर्णालीलाई प्रथामिकतामा राखेर काम गरेको प्रष्ट पारे । सरकारले सुशासनको नयाँ योजना ल्याउने तयारीमा रहेको जानकारी दिए । उनले भेरी कोरिडोर आयोजनामा प्रदेश सरकार स्थानीय सरकार सबैको भुमिका रहेको बताए । नेता खड्काले एकताबद्ध भएर कर्णालीको विकास गर्नु अपरिहार्यता रहेको औल्याए ।
उनले आर्थिक प्रतिकुलताको विचमा, कोरोनको डरलाग्दो अवस्थाले अर्थतन्त्रमा पारेको असरलाई चिर्दै सबल अर्थतन्त्र निर्माणमा लागिरहेको बताए । उनले अर्थतन्त्राई चलायमान बनाउन विभिन्न कार्यक्रमहरु सरकारले सञ्चालन गरिरहेको बताउँदै वर्तमान सरकारले विगतको तुलनामा नयाँ आयोजनामा पर्याप्त बजेट विनियोजन गरेको बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी