© २०२३
काठमाण्डौ, ५ असोज । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि व्यक्त गरेका छन । काठमाडौंमा शुक्रवार आयोजित एक कार्यक्रममा उनले सासदको हैसियतले कानुन निमाणकर्ताको दृष्टिकोणबाट हेर्दा विधेयकमा सयौ त्रुटिहरु भेटेको बताए ।
संशोधन हाल्न शुरु भएपछि आफूले पनि ७० भन्दा बढी ठाउँमा संशोधन हाल्नुपर्ने अवस्था देखेको उनको दाबी छ । विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटी रहेको भन्दै संसदबाट सच्याएर मात्रै पारित हुने भन्दै उनले अहिले बनाउने कानून आजको समस्या मात्र नभइ कम्तिमा २० वर्षसम्म हेर्नसक्ने गरेर तयारी हुनुपर्ने सुझाव दिए । नेपालमा सबैभन्दा धेरै पारिश्रमीक शिक्षण पेशामा आवद्धहरुले पाउनुपर्ने भन्दै उनले नेपालको शिक्षा क्षेत्र सुधार यहीबाट गर्नुपर्ने बताए ।
शिक्षकहरुको आत्मसम्मान र सन्तुष्टि प्राप्त नभई गुणस्तरीय शिक्षा दिन कठिन हुने उनले बताए । शिक्षकले प्राप्त गर्नुपर्ने न्युनतम कुरा अहिले कानून बन्दै गर्दा पनि दिन नसके विद्यालयलाई शिक्षालाई उकास्न नसकिने बताए । सरकारले चाँडो भन्दा चाँडो शिक्षकका माग पूरा गरेर विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने उनको सुझाव छ ।
‘आज अफ्ठ्यारो माहोल छ । विद्यालयहरु बन्द रहेको अवस्था छ । शिक्षक साथीहरु संघर्षमा हुनुहुन्छ । हामी आज नेपाल सरकार र उहाँहरुको बीचमा संवाद पनि चलिरहेको छ । केही सकारात्मक निष्कर्ष आउँछ भन्ने हाम्रो विश्वास छ ।’—उनले भने । महामन्त्री थापाले सरकार शिक्षकबीचको वार्ताले सकारात्मक रुप लिने दाबी गरे ।
भिडियो सामग्री