© २०२३
सल्यान, १५ भदौ ।
सल्यानका १२२ बढी विद्यालयमा १६ औँ राष्ट्रिय पुस्तकालय दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । बाल पुस्तकालय उदघाटनसंगै पठन गति प्रतियोगिता, वक्तृवकला, कथा वाचन, कथा समीक्षा, कथा लेखन, अनलाइन पुस्तकालयबाट किताब पठन जस्ता कृयायाकलापहरु सम्पन्न भएका हुन् ।
साक्षरता कार्यक्रम लागु भएका र हस्तान्तरण भएका तथा अरु बिद्यालय गरी १२२ बढी बिद्यालयमा पुस्तकालय दिवस मनाइएको रुम टु रिड सल्यानका कार्यक्रम सहायक तपेन्द्र ओलिले जानाकारी दिए ।
जिल्लाको छत्रेश्वरी, त्रिवेणी गाउँपालिका, शारदा नगरपालिका, सिद्धकुमाख गाउँपालिका, बागचौर नगरपालिका, दार्मा तथा कपुरकोट गाउँपालिकाका बिद्यालयहरुमा पुस्तकालयको महत्वलाइ उजागर गर्ने विभिन्न कृयाकलाप सम्पन्न भएका छन् ।
यस्तै दार्मा गाउँपालिकामा रहेका दुई विद्यालयमा बाल पुस्तकालय उद्घाटन गरिएको छ । दार्मा गाउपालिका, रुम टु रिड र दलित बिकास समाजको सहकार्यमा नेपाल राष्ट्रिय मा.वि.दार्माकोट र नवसर्वसाधारण मा.वि. रातामाटामा बाल पुस्तकालय उद्घाटन गरिएको हो । पुस्तकालयमा हाल ७०० बढीका दरले पुस्तकालय छन् । र प्रत्येक बर्ष पुस्तकहरु थप्दै लगिने रुम टु रिडले जनाएको छ ।
बालबालिकाहरुको पढ्ने सीप र बानीको विकास गर्न अभिवृद्धि गराउन, बालबालिकाहरु बालबालिकाको इच्छा, रुची र क्षमताका पुस्तकहरुमा पहुँच वृद्धि गर्न तथा पुस्तकालय दिवस मार्फत बालबालिकाहरुको पठन संस्कृतिको अभिवृद्धि गराउने उद्धेश्यले पुस्तकालय दिवस मनाइएको रुम टु रिडका वरिष्ठ अधिकृत बबुराम पोखरेलले जनाए ।
शारदा नगरपालिका वडा नं ६ को बालसखा मा.वि. मा पठन गति प्रतियोगिता, कथा लेखन प्रतियोगिता तथा अनलाइन पुस्तकालयमा कथा पठन गरिएको शिक्षक प्रबिना बुढाथोकीले बताइन । जसमा कक्षा २ मा पढ्ने दिपिसखा बुढाथोकीले पठन गति प्रतियोगितामा ५५ सेकेन्डमा ४१ शब्दको पाठ पढ्न सफल भएकी थिइन ।