© २०२३
बुटवल, १२ भदौ ।
अनेरास्ववियु बुटवल उपमहानगर को नेतृत्वमा उजिरसिंह माविमा कमिटी गठन भएको छ ।
मंगलबार भएको भेलाले लोकनाथ भुसाल अध्यक्ष रहेको ४५ सदस्यीय कमिटी गठन भएको हो । भेलामा बुटवल अध्यक्ष रोशन घिमिरे, जिल्ला कमिटी सदस्य सृजन नेपाल, तथा अनेरास्ववियु बुटवल उपमहानगर उपाध्यक्ष बिशाल थापा, रोहित सुनारलगायतले अनेरास्ववियुको इतिहास र योगदान तथा संगठनमा जोडिदा हुने फाइदाबारे प्रकाश पारेका थिए ।