ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

एमाले प्रदेश अधिवेशनका लागि रुपन्देहीले बनायो जनपरिचालन योजना

११ भाद्र २०८०, सोमबार
११ भाद्र २०८०, सोमबार

बुटवल, ११ भदौ । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको तयारीका सन्दर्भमा सोमबार रुपन्देही जिल्ला कमिटीले जिल्लाका सबै पालिकाका पार्टी प्रमुखहरुको संयुक्त बैठक वसी अबका ४ दिन सम्पूर्ण रुपले यही अभियानमा लाग्न निर्देशन गरेको छ ।
पार्टीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले सबै कमिटीलाई यथार्थ धरातलमा उत्रिएर स्पष्ट योजना र जिम्मेवारीका साथ काममा लाग्न निर्देशन दिइन् । सो अवसरमा सवै पालिकाले आफुले अधिवेशनमा ल्याउनसक्ने कार्यकर्ताको संख्यावारे स्पष्ट बताएका थिए ।
जसअनुसार बुटवलले पाँच हजार जनाको सहभागिता सुनिश्चित गरेको छ । यसबाहेक तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना, देवदह र लुम्विनी साँस्कृतिक नगरपालिका तथा गाउँपालिकाहरु मायादेवी, कोटियामाई, समयमाई,रोहिणी, गैडहवा, ओमसतिया, कञ्चन, शुद्धोधन र सियारी पालिकाहरुका अध्यक्षहरुले प्रतिवद्धता ब्यक्त गरेका थिए ।
जनपरिचालन कमिटीका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य भूमिश्वर ढकालले जनपरिचालन गर्ने काम प्राविधिक भएकोले विशेष ध्यान दिन आग्रह गरे ।
जिल्ला पार्टी अध्यक्ष तेजेन्द्र केसीले १६ वटै पालिकामा सहजताकासाथ प्रतिनिधि छनौट गर्न सहयोग गर्ने सवैलाई धन्यवाद दिदै अवको कार्यभार अधिवेशन सफल पार्ने भएकोले हाम्रो कार्ययोजना अनुरुप लाग्न सवैलाई अनुरोध गरे ।
यो अधिवेशनको व्यवस्थापन रुपन्देहीले पाउनु महत्वपूर्ण अवसर भएको र सम्मेलनले पार्टीलाई भावनात्मक एकता कायम गरेर लैजाने विश्वास केसीले ब्यक्त गरे ।
सो अवसरमा पार्टीका पोलिटव्युरो सदस्यहरु लिला गिरी, दधिराम न्यौपाने र खिमलाल भट्टराई, केन्द्रीय सदस्यहरु शिव सुवेदी र कमल गौतमले विविध विषयमा जानकारी दिएको जिल्ला सचिव यज्ञ गैरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?