ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

प्रदेशको नेतृत्व चयनमा सहमति र प्रतिस्पर्धा दुबै विकल्प खुला : सचिव अर्याल

११ भाद्र २०८०, सोमबार
११ भाद्र २०८०, सोमबार

बुटवल,११ भदौ । नेकपा एमालेकी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले प्रदेश अधिवेशनबाट नेतृत्व चयन गर्दा केन्द्रको नेतृत्व कुनै उम्मेदवारको पक्षमा नलाग्ने बताएकी छन् । उनले पार्टीभित्र कुनै नेताको नाममा गुट नभएको दाबी गरिन् ।

सोमबार रुपन्देहीमा सम्पादकहरूसँगको छलफलमा अर्यालले सकेसम्म सहमतिमा नेतृत्व चयन हुने र सहमति हुन नसके स्वस्थ प्रतिस्पर्धामा चुनाव हुने स्पष्ट पारिन् । शीर्ष नेताहरू स्वयम कुनै गुट नबनाएको तर बीचका नेताहरुले आफ्नो स्वार्थ पुर्तिका लागि आफू अनुकुलका उम्मेदवारको पक्षमा लबिङ गरेको बताइन् ।

सचिव अर्यालले अहिले प्रदेशमा आफू इन्चार्ज भएर आएको र उपाध्यक्ष एवं महासचिवले आफूसँग सल्लाह र छलफल नगरी कसैलाई अघि सार्ने वा संगठनको विषयमा निर्देशन गर्ने अधिकार नभएको बताइन् ।

‘म पार्टीले खटाएको प्रदेशको इन्चार्ज हुँ, मलाई केही जानकारी छैन ’– उनले भनिन् –‘ उपाध्यक्ष र महासचिवले गुट बनाएको काल्पनिक चर्चा गराइँदैछ, अध्यक्ष, उपाध्यक्ष, महासचिव कसैले गुट बनाउने कुरा असम्भव हो ।’

उनले गुट सिर्जना गर्न खोजको हल्ला वाहियात भएको र कुनै पनि नेतालाई गुट सिर्जना गर्ने र संगठनलाई आफ्नो स्वार्थमा प्रयोग गर्ने छुट नभएको दाबी गरिन् ।

तल्लो तहमा कोही कसैका इच्छा, आकांक्षा र स्वार्थ होलान्,त्यसमा केन्द्रीय नेतृत्वलाई जोड्ने गलत र वाहियात छ, त्यो हुनै सक्दैन’ उनले भनिन् ।

एमालेले भदौ १६ र १७ गते बुटवलमा लुम्बिनी प्रदेशको प्रथम अधिवेशन गर्न लागेको विषयमा नेतृ अर्यालले रुपन्देहीमा रहेका विभिन्न सञ्चार माध्यमका सम्पादकसँग अन्तर संवाद गरेकी हुन् ।

शनिवार लुम्बिनी प्रदेशका १ सय ९ वटै स्थानीय तहबाट १ सय १ जना प्रतिनिधि छनोट भएका छन् । तीमध्ये अहिलेका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल पाल्पाको रामपुर नगरपालिकाबाट, केन्द्रीय सदस्यसमेत रहेका प्युठानका हरि रिजाल नौ बहिनी गाउँपालिकाबाट र प्रदेश सचिव रहेका लक्ष्मण आचार्य दाङको घोराहीबाट प्रतिनिधि छनोट भएका छन् ।

रिजाल केन्द्रीय सदस्य भए पनि उनी प्रदेश अध्यक्षमा प्रतिस्पर्धा गर्ने उद्देश्यसहित प्रतिनिधि छनोट भएपछि एमाले भित्र महासचिव शंकर पोखरेलले रिजाललाई अघि सारेका उनी निकट नेताहरुले प्रचार गरेका छन् ।

कँडेललाई उपाध्यक्ष पौडेलले अघि सारेको बताएपनि कंडेल आफैले मुख खोलेका छैनन् । उनले यसअघि अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलकै प्रस्तावमा अध्यक्ष भएकाले पार्टीले खटाएकै जिम्मेवारीमा लाग्ने बताएका छन् ।

एमालेले दोहोरो जिम्मेवारी नदिने मापदण्ड बनाएपछि प्रदेश अध्यक्ष पदका अन्य आकांक्षी प्रतिनिधि छनोटको प्रक्रियामै सहभागी नभएको तर रिजाल केन्द्रीय सदस्य पद छोड्न तयार हुँदै प्रतिनिधि छनोट भएपछि आशंका बढेका छन् ।

एमालेले पहिलो अधिवेशनबाट २ सय ५ जनाको प्रदेश कमिटीको चयन गर्दैछ । यसअघि अहिले केन्द्रबाटै बनेको कमिटीमा ६ सय १ जना छन् ।

एमालेले प्रदेशका १२ जिल्लाबाट प्रतिजिल्ला ५ जनाका दरले ६० जना, संघीय निर्वाचन क्षेत्रबाट प्रति क्षेत्र ५ जनाका दरले १ सय ३० जना र खुल्लाबाट ५ पदाधिकारीसहित १५ जना रहने गरी २ सय ५ जनाको नेतृत्व चयन गर्ने उनले जानकारी दिइन् ।

एमालेले यसअघिको प्रदेश कमिटीमा रहेकालाई आयोजक कमिटी मानेर स्वतः प्रतिनिधि गराउने व्यवस्थालाई निरुत्साहित गर्दै प्रदेश कमिटीका अध्यक्षलाई समेत आफ्नो क्षेत्रबाटै निर्वाचित भएर आउनु पर्ने बनाएको छ ।

सचिव अर्यालले शनिवार भएको प्रतिनिधि छनोटमा पार्टीले गरेको निर्देशन अनुसार महिला ३० प्रतिशत, उत्पीडित जनजातिबाट १५ प्रतिशत र युवाबाट २० प्रतिशत प्रतिनिधि छनोट भएर आएको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?