ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

निजामती कर्मचारी संगठनको मायादेवीमा नयाँ नेतृत्व

९ भाद्र २०८०, शनिबार
९ भाद्र २०८०, शनिबार

बुटवल, ९ भदौ ।

नेपाल निजामती कर्मचारी संगठन मायादेवी गाउँपालिकाको पालिका समितिमा शारदा मरासिनीको अध्यक्षतामा ११ सदस्यीय नयां नेतृत्व चयन भएको छ ।

जसको उपाध्यक्षमा प्रदिप पण्डित, महिला उपाध्यक्षमा रिता ज्ञवाली, सचिवमा खुमराज गैरे, कोषाध्यक्षमा सिता आचार्य रहेका छन् । त्यस्तै सदस्यहरुमा विजय अर्याल, मञ्जु कुमाल, सरिता पौडेल, जितेन्द्र हरिजन र शान्ता पोख्रेल निर्विरोध निर्वाचित भएको नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले जानकारी दिए ।

सम्पूर्ण निर्वाचितहरुलाई नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य दिपक शर्मा पौडेलले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।

त्यस अवसरमा बोल्दै केन्द्रीय सचिवालय सदस्य पौडेलले कर्मचारीको क्षमता विकासको लागि स्थानीय सरकारसँग सामूहिक सौदावाजी गर्ने केन्द्रीय टिम भएको बताउँदै कर्मचारीको हकहितका साथै सेवा प्रवाहमा समेत संगठनले सधै अग्रपंक्तिमा रहेर काम गर्ने बताए ।

संगठनका केन्द्रीय सदस्य एवं रुपन्देही ईन्चार्ज नारायण प्रसाद भण्डारीले संगठनको ईतिहासदेखि हालसम्मका गतिविधिका सम्बन्धमा चर्चा गर्दै यो संगठन सवै सेवा समूह र सवै तहका सवैखाले कर्मचारीहरुको माउ संगठनका रुपमा स्थापित भएकोले सवैको असल अभिभावकको भूमिका निर्वाह गर्न सक्ने संगठनको रुपमा स्थापित होस् भन्दै शुभकामना दिए ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले संगठनले सेवा प्रवाहलाई थप चुस्त दुरुस्त बनाउँदै कर्मचारीको हक र हितको लागि कानून सम्मत तरिकाले सामूहिक सौदावाजी गर्न उल्लेख्य भूमिका खेलोस् भन्दै निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

नव निर्वाचित पालिका समितिका अध्यक्ष शारदा मरासिनीले सेवा प्रवाहलाई चुस्तदुरुस्त पार्दै कर्मचारी हकहितमा सदैव लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए भने संगठनका जिल्ला सल्लाहकार भास्कर आत्रेय र पेशागत महासंघ लुम्विनी प्रदेश कमिटीका अध्यक्ष शिव पौडैलले सहजीकरण गर्दै मायादेवी गाउँपालिकामा कर्मचारी हकहितको लागि अभिभावकत्व लिन सक्ने संगठन निर्माण भएकोमा खुशि व्यक्त गरेका थिए ।

कार्यक्रममा संगठन रुपन्देहीका सचिव जीवन पौडेल, कोषाध्य पदम थापा, मायादेवी गाउँपालिका वडा नं. ८ का अध्यक्ष चोक बहादुर थापा, शंकर ज्ञवाली, लाला लोध लगायतले निर्वाचित पालिका समितिको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?