ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

एमाले लुम्बिनी प्रदेश अधिवेशनको प्रतिनिधि छनौट सुरु, आकांक्षी धेरै हुँदा निर्वाचनको तयारी

८ भाद्र २०८०, शुक्रबार
८ भाद्र २०८०, शुक्रबार

बुटवल, ८ भदौ ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको भदौ १६ र १७ गते बुटवलमा हुने प्रथम अधिवेशनका लागि प्रतिनिधि छनौटको प्रकृया सुरु भएको छ । भदौ ९ गते शनिबार प्रदेशमा रहेका १०९ वटै पालिकामा र सबै जनसंगठनबाट गरिने प्रतिनिधि छनौटका लागि आवश्यक प्रकृया सुरु भएपछि गाउँ, नगर, जिल्ला र प्रदेश पार्टी कार्यालयमा आकांक्षीहरुको भीड लागेको छ ।

केही पालिका र जनसंगठनमा निर्विरोध रुपमा प्रतिनिधि छनौट भएपनि अधिकांश ठाउँमा आकांक्षी धेरै भएकाले निर्वाचनबाटै जानुपर्ने अवस्था आएको नेताहरुले बताएका छन् । प्रदेशमा १ हजार ४ जना प्रतिनिधि रहनेछन् । एमालेले यो पटकदेखि सबै सहभागी प्रतिनिधिलाई भूगोलबाट नै अनिवार्यरुपमा निर्वाचित भएर आउनुपर्ने विधि तय गरेकाले र सबै क्षेत्रमा एकैपटक प्रतिनिधि छान्ने समय तोकेकाले पनि सबैलाई आफ्नो भूगोलमा केन्द्रित हुनुपरेको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले बताए ।

अधिवेशन बुटवल १० रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सभाहलमा हुँदैछ । अधिवेशनमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका नेताहरु आउने निश्चित भइसकेको छ ।

प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले प्रतिनिधि छनौटका लागि प्रकृया सुरु भइसकेको जानकारी दिँदै सर्वसम्मत भएका क्षेत्रहरुमा आज नै घोषणा गर्ने र नभएका ठाउँमा भोलि शनिबार बिहान ७ बजे एकै पटक निर्वाचनबाट छानिने बताए । कुल ८२ हजार ३ सय ३ पार्टी सदस्य रहेको एमाले लुम्बिनीमा अधिवेशनका लागि १ हजार ४ जना प्रतिनिधि छनोटका लागि यो प्रकृया सुरु भएको हो ।

प्रदेश कमिटी सदस्य मोहन चापागाईले प्रादेशिक संरचनामा हुन लागेको पहिलो अधिवेशन भएकाले पनि नमुना ढंगले अधिवेशन पूरा गर्नुपर्ने र सबैको चासो बढेको बताए । उनले अधिवेशन प्रतिनिधिलाई खानाको व्यवस्था गरिएपनि होटलको व्यवस्थापन आफैले गर्नुपर्ने नियम बनाइएको बताए ।

अधिवेशनको सन्दर्भमा प्रचार विभागले सम्पादकहरुसंग मिडियामार्फत् सहयोगको लागि अन्तक्र्रिया गर्ने, १४ गते पत्रकार सम्मेलन गरेर तयारीका बारेमा जानकारी दिने, उदघाटनको दिन पार्टीको वेभसाइटसहित न्युज पोर्टल लुम्विनी सन्देश डट कमको सार्वजनिक गर्ने, वेभसाइटका लागि तयारी गर्ने प्रचार विभाग प्रमुख घिमिरेले जानकारी दिए ।

यो पटक अधिवेशनमा प्रतिनिधि छानिन एमालेले केही कडा नियम बनाएको छ । पार्टी केन्द्रबाट २०८० सालको नवीकरण भई प्रमाणित भएको सदस्यता विवरणका आधारमा छनौट गर्ने, प्रतिनिधि छनौटको आवश्यक योजनासहितको व्यवस्थापन जिल्ला कमिटीले गर्ने, प्रतिनिधि छनौटको इकाई (क्षेत्र) गाउँपालिका÷नगरपालिका र उपमहानगर पालिकालाई बनाउने १०० जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनौट गर्ने, १५० भन्दा बढी सदस्य भएको खण्डमा २ जना, २५० जना सदस्य भएमा ३ जना प्रतिनिधि चयन गर्ने, यसरी ५० भन्दा माथि शेष भएमा १ जना थप गर्दै जाने विधि बनाइएको छ । त्यसैगरी दलित समुदायको हकमा ७५ जना पार्टी सदस्य संख्या बराबर १ जना प्रतिनिधि हुने, शेष संख्या ५० प्रतिशतभन्दा धेरै भएमा थप १ जना प्रनितिधि हुने, हरेक ३ जनामा १ जना महिला अनिवार्य हुनुपर्ने, २ जना मात्र प्रतिनिधि भएका १ जना महिला अनिवार्य, ५ जना प्रतिनिधि भएमा २ जना महिला, ८ जना भएमा ३ जना महिला अनिवार्य हुनुपर्ने र यसरी जम्मा हुने प्रतिनिधि संख्यामा ३३ प्रतिशत महिला प्रतिनिधि अनिवार्य हुनुपर्ने विधि बनाइएको छ ।

प्रतिनिधि छनौट गर्दा दलित समुदायको संख्या घटाएर मात्र अन्यको गणना हुनेछ । दलित सदस्यले अन्य तथा खुल्लामा जान चाहेमा प्रतिनिधि छनौटको दिनभन्दा ३ दिन अगावै जिल्ला कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यसैगरी जनसंगठनको हकमा महासंघ भएकोबाट ५ जना र अन्य जनसंगठनहरुको हकमा ३ जना प्रदेश कमिटीबाट छनौट गर्नुपर्ने, प्रतिनिधि छनौट गर्दा समावेशीलाई ध्यान दिने, अनेमसंघबाहेक अन्य जनसंगठनहरुमा प्रतिनिधि ५ जना हुनेबाट २ महिला र ३ जना हुनेबाट १ महिला अनिवार्य हुनुपर्ने, जनसंगठनको प्रतिनिधित्व गर्न पार्टी सदस्य भएको र २०८० सालको नवीकरण भई प्रमाणित गरेको सुचिमा नाम भएको हुनुपर्ने नियम बनाइएको छ ।

अधिवेशनका लागि लुम्बिनी प्रदेशको समृद्धि र विकासको अवधारणापत्र तयारीका लागि पार्टी पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री लिला गिरी संयोजक तथा सदस्यमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री चेतनारायण आचार्य समेत रहेको कमिटी गठन गरिएको छ । अधिवेशन सम्पन्न गर्नका लागि पार्टीका प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल संयोजक तथा प्रदेश कमिटीका पदाधिकारी उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, सचिव लक्ष्मण आचार्य, उपसचिवद्वय लिला राना र दुर्गाप्रसाद थारु एवं जिल्ला कमिटीका अध्यक्षहरु सदस्य रहने गरी १७ सदस्यीय मूल ब्यवस्थापन कमिटी, राजनैतिक, सांगठिनक तथा आर्थिक प्रतिवेदन तयारीका लागि संयोजक राधाकृष्ण कडेल, सदस्य भोजप्रसाद श्रेष्ठ, लक्ष्मण आचार्य, लिला राना र दुर्गाप्रसाद थारुलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी अतिथि सत्कार संयोजक भोजप्रसाद श्रेष्ठ, स्वास्थ्य समिति संयोजक बाबुराम भट्टराई, साँस्कृतिक उपसमिति संयोजक सिन्धु जलेशा, कार्यालय तथा प्रतिनिधि व्यवस्थापन समिति संयोजक लक्ष्मण आचार्य, सदस्य बालकृष्ण पाण्डे, प्रचार प्रसार समिति संयोजक डी.आर. घिमिरे, सदस्य मोहन चापागाई, शेरवहादुर केसी, भरत केसी, दिनेश पाण्डे, प्रदीप आचार्य, शोभाखर पन्थी, निरु गौतम, रामप्रसाद आचार्य, मञ्च व्यवस्थापन र स्वंयसेवक परिचालन संयोजक पुरन गुरुङ्ग, सहसंयोजक तुलबहादुर अधिकारी, आवास तथा खाद्य व्यवस्थापन समिति संयोजक तेजेन्द्र केसीलाई जिम्मेवारी दिइएको छ ।

अधिवेशनबाट नयाँ नेतृत्वका लागि आकांक्षी धेरै भएपनि प्रतिनिधि छनौटमै फालिने डरले बोलेका छैनन् । अहिले ६ सयभन्दा माथिको प्रदेश कमिटीलाई अब २ सय ५० को संख्यामा बनाइने भएकाले पनि यसमा धेरैको चासो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?