Butwal Today

वडा सदस्यको निधनमा रोहिणीमा सार्वजनिक बिदा

७ भाद्र २०८०, बिहीबार
अ+
अ-

भैरहवा, ७ भदौ ।

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य विद्या देवी धवलको निधन भएको शोकमा  गाउँपालिकामा विदा दिइएको छ ।

रोहिणी गाउँपालिका कार्यालय तथा यस मातहतका सम्पूर्ण वडा कार्यालयहरुमा बिहीबार एक दिनका लागि शोक विदा दिइएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

मुटु सम्बन्धी रोगबाट पीडित भइ उपचार गराइरहेकी ५३ वर्षिय धवलको बुधबार राती रोहिणी–४ स्थित आफ्नै घरमा निधन भएको रोहिणी गाउँपालिकाका प्रवक्ता वीर बहादुर क्षेत्रीले बताए । धवल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दोस्रोपटक वडा सदस्य पदमा निर्वाचित भएकी थिइन् ।