ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशनः कामको शैली बदल्नुस्

५ भाद्र २०८०, मंगलवार
५ भाद्र २०८०, मंगलवार

लमही, ५ भदौ ।

लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्ली वहादुर चौधरीले प्रदेश सरकारका सवै मन्त्रालयहरुले जनताका जनजिवीकामा आर्थिक तथा सामाजिक रुपान्तरण हुने खालका योजना बनाएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

उनले हाल सम्म राजनीतिक पहुँच र कर्मचारीलाई हित हुने गरी काम गरेको स्मरण गर्दै आगामी दिनमा फरक शैलीमा काम गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री चौधरीले प्रदेशका सवै मन्त्रालयबाट प्राप्त उपलब्धि आशा गरे जस्तो नभएको बताउँदै त्यसको भागीदार राजनीतिक मात्र नभएर केही कर्मचारी समेत दोषी रहेको बताए ।

उनले लुम्विनी प्रदेशमा ३७ प्रतिशत मानिस गरिवीको रेखामुनी रहेको बताउँदै उनीहरुको आर्थिक समृद्धि हुने गरी योजना बनाएर काम गर्नु पर्ने बताए । प्रदेशका मन्त्रालयहरु केहीले मनोमानी ढंगले व्यक्तिमुखी बजेट विनियोजन गरेकोप्रति व्यंग्य गदै कम्तीमा पनि नियम संगत विधि, नियमावली बनाएर काम गर्न पनि निर्देशन दिए ।

स्थायी राजधानी स्थान्तरण गरेको झण्डै १ वर्ष बितिसक्दा पनि राजधानीमा स्वास्थ्य, शिक्षाका क्षेत्रमा निकै पछाडी परेको बताउँदै सम्वन्धित मन्त्रालयले एक्शनमा काम गर्न निर्देशन दिदै बजेट अभाव हुन नदिने बताए । मंगलबार लुम्विनी प्रदेश सरकार लुम्विनी प्रदेश योजना आयोग देउखुरीको आयोजनामा प्रदेश विकास समस्या समितिको २ दिने कार्यशला गोष्ठी तथा आर्थिक वर्ष २०७९÷८० वार्षिक समीक्षा कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री चौधरीले समितिका कार्यक्रममा सकारात्मक पक्ष भन्दा योजना कार्यान्वयनमा आइ परेका चुनौतीलाई पहिचान गर्न सकेमा आगामी योजना बनाउन सहज हुने वताए । सो कार्यक्रममा प्रदेश सरकार अन्तर्गत रहेका सवै मन्त्रालयहरुबाट भएका उपलब्धि र चुनौतीका विषयमा सम्वन्धित मन्त्रालयका सचिवहरुले सहजीकरण गरेका थिए ।

जस अन्तर्गत सवै मन्त्रालयबाट आर्थिक वर्ष २०७९/८० मा सरदर ४९ प्रतिशत प्रगति भएको सवै भन्दा कम सहकारी मन्त्रालयबाट सहकारीतर्फ ३ प्रतिशत काम भएको प्रगति विवरण पेश गरेका थिए ।

कार्यक्रममा गृह मन्त्रालयका सचिव लाल वहादुर कवारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव जनार्दन शर्मा, अर्थका सचिव केदार शर्मा, कृषि सचिव यमनारायण देवकोटा, सामाजिक विकासबाट सचिव कृष्ण प्रसाद पन्त, भौतिक तथा पूर्वाधारवाट सचिव सुनिल पौडेल, उद्योग, पर्यटन तथा यातायातबाट निमित्त सचिव राजेन्द्र पन्थी, वन तथा वातावरणबाट सचिव कृष्ण प्रसाद शर्मा, खानेपानी तथा ग्रामीण मन्त्रालयबाट जक्की अहमद अन्सारीले मन्त्रालयको वार्षिक प्रगती विवरण र चुनौतीका वारेमा प्रस्तुति गरेका छन् । २ दिन सम्म चल्ने सो कार्यशाला गोष्ठीमा कुन कुन क्षेत्रबाट भौतिक तथ वित्तीय प्रगती भयो , त्यसबाट पारेका मध्यकालीन र दीर्घकालिन प्रभावका वारेमा वृहत छलफल गरिने योजना आयोगका उपाध्यक्ष नकुल केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?