© २०२३
बाँके ५ भदौ ।
नेकपा (एमाले)को जनवर्गीय संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको प्रथम लुम्बिनी प्रदेश स्तरीय अधिवेशन तयारीमा संगठनका नेता कार्यकर्ता जुटेका छन् ।
अधिवेशन यही भदौ ७ गते नेपालगन्जमा गर्ने तयारीका लागि विभिन्न सरोकारवालासँग छलफल र समन्वय गरिरहेको नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् संगठनका केन्द्रीय उपाध्यक्ष मोहमद हारून हलुवाले जानकारी दिए । उनका अनुसार अधिवेशन उदघाटनका लागि केन्द्रीय महासचिव शंकर पोखरेल लगायतका नेता आउँदै छन् ।
अधिवेशनमा विभिन्न जिल्लाबाट करिब २ सय ५० प्रतिनिधि आउने संगठनका अध्यक्ष सकिल खाँनले जानकारी दिए । अधिवेशन व्यवस्थापन र संचालनका लागि विभिन्न उपसमिति बनाएर कार्य गरिरहेको अध्यक्ष खाँनले बताए ।