ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

आवश्यकता र औचित्यका आधारमा नेतृत्व चयन गर्छौ : भट्टराई

४ भाद्र २०८०, सोमबार
४ भाद्र २०८०, सोमबार

कपिलवस्तु, ४ भदौ ।

नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवम् कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले आवश्यकता र औचित्यताका आधारमा लुम्बिनी प्रदेशको मूल नेतृत्व चयन गर्ने बताएका छन् । युवा नेता भट्टराईले यही भाद्र १६ र १७ गते बुटवलमा सम्पन्न हुने नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट नेतृत्व सर्वसम्मत ढंगबाट चयन गर्ने स्पष्ट पार्दै अधिवेशनबाट ४० वर्ष मुनिका युवा पुस्ताको कमिटीगत जिम्मेवारी सुनिश्चित गरिने बताए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने लुम्बिनी प्रदेशको अधिवेशन पहिलो भएको हँुदा अधिवेशनबाट देशलाई नै पार्टीले सन्देश दिने दावी गरे । नेता भट्टराईले नेकपा (एमाले) कपिलवस्तुको जिल्ला सचिवालय वैठकलाई सोमबार मदनआश्रित स्मृति भवन तौलिहवामा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

वैठकमा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् कपिलवस्तु प्रितिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का सदस्य बलराम अधिकारीले अनुशासित कार्यकर्ताबाट मात्र सुदृढ संगठन संभव रहने बताए । सासंद अधिकारीले जनताको बीचमा काम गर्न कार्यकर्तालाई आग्रह गर्दै जनताको बीचमा काम गर्नेहरु नै स्थापित हुने जिकिर गरे ।

वैठकले लुम्बिनी प्रदेश अधिवेशनको प्रतिनिधि छनोट कार्यका लागि पालिकास्तरमा निर्वाचन समिति गठन गर्नुका साथै निर्वाचन केन्द्र समेत तोकिदिएको जिल्ला निर्वाचन विभागका प्रमुख बिश्व कार्कीले जानकारी दिए ।

प्रदेश अधिवेशनमा कपिलवस्तु जिल्लाबाट उत्साहजनक जनसहभागिता गराउने निर्णय गरेको जिल्ला अध्यक्ष डम्मर शर्माले बताए । अध्यक्ष शर्माले सर्वसम्मत ढंगबाट प्रतिनिधि चयनका निम्ति कोशिस गर्ने स्पष्ट पारे ।

वैठकले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका निम्ति निर्वाचन कार्यतालिका पारित गरेको छ । निर्वाचन तालिका अनुसार भाद्र ७ गते मतदाता नामावली प्रकाशन, भाद्र ८ गते उम्मेद्वारको मनोनयन दर्ता, अन्तिम नामावली प्रकाशन गर्ने र सहमति नभएमा भने भाद्र ९ गते विहान ८ः०० बजे देखि मतदानको प्रक्रिया थालनी गर्ने छ ।

लुम्बिनी प्रदेश अधिवेशनका लागि कपिलवस्तु जिल्लाबाट ७० जनाप्रतिनिधि छनौट हुने जिल्ला सचिव सिवि गहतराजले जानकारी दिए । जिल्ला सचिवालय वैठकले भूमिअधिकार तथा श्रमिक संगठन लुम्बिनी प्रदेशको भाद्र २७ गते जिल्लाको शिवराजमा हुने अधिवेशनलाई भब्य रुपमा सम्पन्न बनाउनका निम्ति जिल्ला पार्टीबाट विशेष भूमिका खेल्ने निर्णय गरेको एमाले नेता हिरालाल पौडेलले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?