ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई
सम्पादकीय

सुशासनको नारा एकातिर काम अर्कोतिर !

४ भाद्र २०८०, सोमबार
४ भाद्र २०८०, सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल र गुहमन्त्री नारायणकाजी श्रेष्ठको भ्रष्टाचार नियन्त्रणका लागि कुनैपनि कसर बाँकी नराख्ने पछिल्ला अभिव्यक्तिले जनतामाझ थोरै भएपनि आशाको किरण फैलिएको थियो । जनताले पनि देशकै प्रधानमन्त्री र गृहमन्त्रीले सार्वजनिक कार्यक्रममार्फत पटकपटक गरेको बाचा र प्रतिबद्धतामाथि कुनैपनि प्रकारको शंका गरेनन् । तर, शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयले जनताको त्यो आशामाथि तुषारापात गरिदिएको छ । प्रधानमन्त्री र गृहमन्त्रीको अहिलेसम्मको छलछामयुक्त सुशासन भाषणको पटाक्षेप भएको छ । प्रधानमन्त्रीले अव भ्रष्टाचारको समूल अन्त्य गर्ने, भ्रष्टाचारमा संलग्न जो कोहीलाई सरकारले नछोड्ने र देशमा सुशासन कायम गर्नेसम्मको भाषण धेरैपटक दोहोर्याए । ती भाषणको वास्तविकता अहिले उदाङ्गो भएको छ । सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाउने प्रहरी प्रमुखलाई चार महिनामै सरुवा गरेर आफैले अहिलेसम्म ब्यक्त गर्दे आएको प्रतिवद्धतामाथि लगाम लगाएको छ ।

सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको सरुवा गरेर भ्रष्टाचारका फाईल बन्द गर्ने प्रयास गरेको छ । प्रधानमन्त्री प्रचण्डले भाषणकै दौरानमा अव भ्रष्टाचारका पुराना फाईल खुल्दै जान्छन भन्दै भ्रष्टाचारीहरू कोहीपनि बच्नेवाला छैनन् भनेको हिजो जस्तै लाग्छ । तर, शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयले प्रधानमन्त्री र गृहमन्त्रीका अभिब्यक्ति कति झुटा रहेछन र जनतालाई नेताहरूले कतिसम्म गुमराहमा राख्दा रहेछन भन्ने कुराको यो पछिल्लो उदाहरण भएको छ । नक्कली शरणार्थी प्रकरणलाई सामसुम पार्न सरकारले यो प्रकरणलाई अघि बढाउने एआईजी श्यामलाल ज्ञवालीलाई अन्तै सरुवा गरेको छ । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दवावमा प्रधानमन्त्रीले ज्ञवालीलाई सरुवा गरेको बताइएको छ । कस्तो संयोग परेको छ भने नक्कली भुटानी शरणार्थी प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालयले थप जाहेरी लिएर दोस्रो चरणको अनुसन्धान सुरु गर्नै लागेका बेला प्रहरी सरुवा भएको छ । सरकार अव भ्रष्टाचारको ठूला फाईल खोल्नै सक्दैन भन्नेमात्र होइन सरकार सुशासनमा एक कदम पछि हटेको छ भन्ने यो बलियो प्रमाण हो ।

प्रधानमन्त्री प्रचण्डका ठूला कागजी र कोरा सपना थिए, ती पूरा नहुने अवस्थाकै थिए । त्यसैले नयाँ जोगीले धेरै खरानी घस्छ भनेजस्तै प्रधानमन्त्री नियुक्त हुने वित्तिकै प्रचण्डले बडो अस्वाभाविक भाषण गर्दै थिए । कसैले भ्रष्टाचार गरेको छ भने उ अव कारवाहीमा पर्छ र कुनैपनि अवस्थामा बच्न सक्दैन भन्ने जस्ता जनतालाई उत्तेजित बनाउने भाषणमा प्रधानमन्त्रीको रूची थियो । जनता पनि निसंकोच प्रधानमन्त्रीका कुरा पत्याईरहेका थिए । त्यतिबिधि सुशासनको दुहाई दिने प्रधानमन्त्री सत्ता गुम्ने लोभमा क्षणभरमै पानी भएका छन । प्रधानमन्त्री र गृहमन्त्रीका भाषण बढी आदर्शबादी र कम यथार्थबादी भएको जगजाहेर भएको छ । सत्ताको स्वाद चाख्न सफल भएका प्रधानमन्त्रीलाई भ्रष्टाचारको भन्दा पनि आफ्नो सत्ताको चिन्ता छ । तसर्थ नक्कली भुटानी शरणार्थी प्रकरणमात्र होइन ललिता निवास जग्गा काण्ड र अन्य थुप्रै काण्डको अव गहिरो अनुसन्धान होइन कि तिनलाई कमजोर बनाएर भ्रष्टाचारीलाई सुनपानी छर्केर चोख्याउने काम सरकारले गर्दैछ । जसको यथेष्ट प्रमाण हो– एआईजी सरुवा प्रकरण । सरकार थोरै भएपनि लोकलाज छ भने देश र जनताका सामु एआईजी सरुवा प्रकरणमा गल्ती भएको स्वीकार गर । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उन्मुक्ति दिने प्रयासप्रति थोरै भएपनि पीडाबोध गर । ललिता निवास जग्गा प्रकरण र अन्य थुप्रै फाईल खोल्ने प्रधानमन्त्री र गृहमन्त्रीको प्रतिवद्धता यतिछिटो कमजोर हुने कल्पना नेपाली जनताले गरेका थिएनन् । सरकारको पछिल्लो प्रकरणले सरकारको सुशासनको नारा एकातिर र काम अर्कोतिर भन्ने उक्ति चरितार्थ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?