ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

पद्मा अर्याल भन्छिन् : ‘लुम्बिनीको अधिवेशनबाट नयाँ सन्देश दिन्छौं’

३ भाद्र २०८०, आइतबार
३ भाद्र २०८०, आइतबार

बुटवल, ३ भदौ ।

नेकपा एमालेकी सचिव पद्मा अर्यालले एमालेको लुम्बिनी प्रदेश अधिवेशनले सिंगो पार्टीपंक्ति र जनतामा नयाँ सन्देश प्रवाह गर्ने बताएकी छन् ।

लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुको वस्तुस्थिति बुझेर बुटवल आएकी एमाले लुम्बिनी प्रदेशकी इन्चार्ज अर्यालले एमालेले लुम्बिनीबाट प्रदेश अधिवशनको सुरुवात गरेकाले यसले सिंगो मुलुकलाई र पार्टीपंक्तिलाई दिने सन्देश नमूना र ऐतिहासिक हुने बताइन् । एमालेको तयारी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्यालले भनिन्, “यो अधिवेशन अरु प्रदेशका लागि पनि नमूना र ऐतिहासिक हुनेछ ।

“एमाले अवका हरेक कार्यक्रममा आसनग्रहण नगराउने र वक्तालाई मात्र मन्चमा उपस्थित गराउने निर्णय गरेको, यो निर्णयको कार्यान्वयन लुम्बिनीबाटै हुन्छ”–अर्यालले भनिन्–“प्रदेश अधिवेशनमा पार्टी अध्यक्षसहित आधा दर्जन भन्दा बढी पदाधिकारी सहभागी हुनुहुन्छ, उहाँहरु सबै प्रतिनिधिको रोहमै बस्नुहुन्छ ।”

उनले प्रदेश अधिवेशनमा वर्षायाम र गर्मीको समयलाई मध्यनजर गर्दै धेरै जनसहभागिता जुटाउनेतर्फ पहल नगरिने तर रुपन्देही, नवलपरासी र कपिपलवस्तुबाट भने जनसहभागिता रहने बताइन् । “अधिवेशनबाट मूल नेतृत्व सकेसम्म सर्वसम्मत बनाउने कोशिष रहने भन्दै उनले यदि सर्वसम्मत हुन सकेन भने स्वस्थ प्रतिष्पर्धा गरी लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरिने बताइन् । “चुनावबाट कार्यकर्ताको मन दुईतर्फ विभाजित नहोस् भन्ने कुरालाई वचार गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास रहन्छ, यद्यपि त्यसमा पार्टीले कुनै जवर्जस्ती गर्दैन, नेतृत्वका लागि इच्छुकले लोकतान्त्रिक विधि अनुसार स्वस्थ प्रतिष्पर्धा पनि गर्न सक्नुहुन्छ ।

उनले अधिवेशनले लुम्बिनीमा पार्टीले लिने कार्यदिशा, सांगठनिक अनुशासन र पार्टीपंक्तिलाई परिचालन गरी जनतासँग एकाकार गर्ने कुरामा नयाँ मागैनिर्देश गर्ने पनि बताइन् ।

एमालेको लुम्बिनी प्रदेश अधिवेशन यही भदौ १६ र १७ गते बुटवलमा हुँदैछ । प्रदेश अधिवेशनका लागि मूल व्यवस्थापन समिति र त्यस मातहत विभिन्न उपसमितिहरु निर्माण गरिएका छन् । उपसमितिका तयारी बैठकहरु समेत सम्पन्न भैसकेको प्रदेश इन्चार्ज अर्यालले जानकारी दिइन् । प्रदेश अधिवेशनका लागि एमालेले यही भदौ ९ गते १०९ वटै पालिकाबाट प्रतिनिधि चयन गर्दैछ । एमालेको लुम्बिनी प्रदेशमा ८५ हजारले पार्टी सदस्यता नवीकरण गरेका छन् । एक सय सदस्य बराबर एकजना र महिलाको हकमा ७५ बराबर एकजना पर्ने गरी प्रतिनिधि छनौट गरिंदैछ । यसरी छानिएका करिव एकहजार जना प्रतिनिधिले अधिवेशनमा सहभागिता जनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?