ट्रेंडिंग:

>> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै

एमाले लुम्बिनी प्रदेश अधिवेशन : प्रतिनिधिले खानेबस्ने प्रवन्ध आफै गर्नुपर्ने

३२ श्रावण २०८०, बिहीबार
३२ श्रावण २०८०, बिहीबार

बुटवल, ३२ साउन ।

नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिले खाना तथा आवासको व्यवस्थापन आफैले गर्नुपर्ने भएको छ ।

मुलुक आर्थिक रुपमा मन्दीको अवस्थामा रहेको तथ्यलाई मनन् गर्दै एमालेले पार्टीलाई आर्थिक भार पर्न नदिन प्रतिनिधि आफैले आफ्नो व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको हो । पार्टीले व्यवस्थापन गर्दा उद्योगी व्यवसायीसँग चन्दा उठाउनुपर्ने र यसले उनीहरु थप संकटमा पर्ने देखिएकाले प्रदेश अधिवेशनमा प्रतिनिधि आफैले खाने बस्ने व्यवस्था गर्नुपर्ने निर्णय गरिएको एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले बताए ।

एमालेको लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशन आगामी भदौ १६ र १७ गते बुटवलमा हुँदै छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने महाधिवेशनमा सहभागी हुन आउने रुकुम पूर्व र रोल्पाका प्रतिनिधि बाहेक अन्य १० जिल्लाका प्रतिनिधिले आफ्नो बस्ने र खाने व्यवस्था आफैं गर्नुपर्ने भएको हो ।

अधिवेशन मूल आयोजक समितिका संयोजक समेत रहेका कंडेलका अनुसार रोल्पा र रुकुम पूर्वका प्रतिनिधिलाई बस्ने र खाने व्यवस्था आयोजकले मिलाउने छ । अधिवेशनका लागि सहभागी प्रतिनिधीसँग न्यून शुल्क लिने र बस्ने खाने व्यवस्था पनि प्रतिनिधि स्वयंले गर्नुपर्ने निर्णय गरिएको कँडेलले बताए ।

अधिवेशनमा बिहानको एक छाक खाना भने कार्यक्रम स्थलमै व्यवस्था गरिने छ । ‘अहिलेको परिस्थितिमा कहीँ कतैबाट आर्थिक सहयोग लिन सक्ने अवस्था छैन, अब नयाँ ढंगले जानुपर्छ भन्ने निष्कर्षमा पुग्यौं त्यसैले प्रतिनिधीहरूसँग शुल्क घटाएर बस्ने व्यवस्था आफैं गर्नुस् भन्ने निष्कर्षमा पुगेका हौं,’ कँडेलले भने ।

बुटवलमा आफन्त वा साथीभाई भएकाहरु आफन्तकोमा बस्ने र आफन्त नभएकाहरु पनि दुई दिन पार्टी कार्यकर्तासँग बस्ने बानीको विकास गर्न यस्तो निर्णय गरिएको अध्यक्ष कँडेलले बताए । ‘आफन्त साथीभाइ कसैकोमा बस्दिँन आफ्नै पैसाले होटलमा बस्छु भन्नेहरू आफूले चाहे अनुसारको होटलमा बस्न सक्नुहुन्छ, उनले भने ।

होटलमा बस्नेहरूका लागि भने आयोजकले भदौ १५ गते देखि नै होटलका निश्चित कोठाहरू होल्ड गरेर व्यवस्थापनमा सहयोग गर्ने तयारी गरेको बताएको छ ।

सातै प्रदेशमध्ये सबैभन्दा पहिले लुम्बिनी प्रदेश कमिटीले अधिवेशन गर्न लागेको हो। उक्त अधिवेशनमा लुम्बिनी प्रदेशका कुल ८२ हजार ३ सय ३ पार्टी सदस्यहरू मध्येबाट १ हजार भन्दा बढी प्रतिनिधि छनोट हुने छन् ।

एमालेले लुम्बिनी प्रदेशका १ सय ९ वटै पालिकाबाट भदौ ९ गते एकैदिन प्रतिनिधि छनोट गर्ने तालिका सार्वजनिक गरेको छ ।

अधिवेशन प्रतिनिधिका लागि एमालेले खुलातर्फ १ सय जना पार्टी सदस्य बराबर १ जना, दलिततर्फ ७५ जना सदस्य बराबर १, जनसंगठनतर्फ प्रदेशबाट महासंघलाई ५ जना र अन्यबाट ३ जना तथा एक तिहाई महिला अनिवार्य हुनेगरी मापदण्ड तय गरेको जनाएको छ। त्यस्तै सोमबार बसेको पार्टी सचिवालय बैठकले प्रदेश कमिटीमा १० प्रतिशत ४० वर्ष भन्दामुनिका युवा अनिवार्य निर्वाचित गर्न पनि निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?