ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापनाको तयारी

३० श्रावण २०८०, मंगलवार
३० श्रावण २०८०, मंगलवार

नेपालगञ्ज, ३० साउन ।

नेपालगञ्जको धम्बोझी (विरेन्द्र) चोकमा स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनस्र्थापना गर्न दोस्रो चरणको कार्यक्रम सुरु भएको छ । करिव एक महिना अघिदेखि शालिक पुनस्र्थापना गर्ने अभियान थालेको ‘स्वार्गीय राजा वीरेन्द्रकोे शालिक पुनस्र्थापना समिति नेपालगन्ज बाँके’ ले मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर दोस्रो चरणको कार्यक्रमको बारेमा जानकारी दिएको हो ।

समितिका केन्द्रीय संयोजक तेजविक्रम शाहले दोस्रो कार्यक्रम अन्तर्गत शालिक पुनस्र्थापनाका लागि समर्थन जुटाउन जिल्लास्थित राजनीतिक दलहरुसँग सर्वदलीय बैठक बस्ने बताएका छन् । उनका अनुसार दोस्रो कार्यक्रममा नेपालगन्ज उप–महानगपालिकाका २३ वटै वडाहरुमा नेपालगन्जको वीरेन्द्र चोकमा स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनस्र्थापना सहयोग समर्थन जुटाउनको लागि वडा संयोजकको संयोजकत्वमा प्रत्येक वडामा १ सय ५१ सदस्यहरुको ऐक्यबद्धता समूह गठन गरिने छ ।

‘मातृभूमि नवनिर्माण अभियान नेपाल’ तथा ‘स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनस्र्थापना समिति’ ले एक महिनाअघि वीरेन्द्रचोकमा पत्रकार सम्मेलन गरेर अभियान सुरुभएको जनाएको थियो । त्यसपछि समितिले हताक्षर अभियान संकलन सुरु गरेको थियो भने जिल्लास्थित विभिन्न राजनीतिक दलहरुलाई विरेन्द्र चोकमा शालिक पुनस्र्थापनाका लागि सहयोग गर्न आग्रह सहितको पत्र हस्तान्तण गरेको संयोजक शाहले बताए ।

२०६२÷०६३ को जनआन्दोलनका क्रममा देशका विभिन्न स्थानमा रहेका राजाको शालिक भत्काईएको थियो । नेपालगञ्जको त्रिभुवन चोकमा राजेन्द्र लिङ्देन नेतृत्वमा राप्रपा निकट कार्यकर्ता तथा देशभक्त युवाहरूले यसअघि २०७८ फागुन ७ गते प्रजातन्त्र दिवस पारेर स्वर्गीय राजा त्रिभुवनको अर्धकदको शालिक पुनस्र्थापना गर्न सफल भएका छन् ।

नेपालगन्जको पुरानो वीरेन्द्रचोक र अहिलेको धम्बोजी चोकमा बिगतमा पनि दुई पटक राजा विरेन्द्रको शालिक राख्ने क्रममा विवाद भएको थियो । गतबर्ष २०७९ जेठ १९ गते राप्रपाका कार्यकर्ताले शालिक राखे लगत्तै अन्य राजनीतिक दल तथा समुदायका मानिसले तीब्र विरोध जनाउन थालेपछि प्रहरीले शालिक राखेको केही बेरमै हटाएको थियो । राप्रपाका कार्यकर्ताहरु राजनीतिक परिवर्तनका नाममा इतिहास मेटाउन नहुने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?