ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

नेपाल निजामती कर्मचारी संगठन रोहिणीको अध्यक्षमा वुद्धिप्रसाद पन्त

३० श्रावण २०८०, मंगलवार
३० श्रावण २०८०, मंगलवार

बुटवल, ३० साउन ।

नेपाल निजामती कर्मचारी संगठन रोहीणी गाउँपालिकाको पालिका समितिमा बुद्धिप्रसाद पन्तको अध्यक्षतामा ११ सदस्यीय नयां नेतृत्व चयन भएको छ ।

जसको उपाध्यक्षमा ओमप्रकाश ठाकुर, महिला उपाध्यक्षमा धनकुुमारी पाण्डे, सचिवमा आनन्दलाल कर्ण, सह सचिवमा ओमप्रकाश यादव, कोषाध्यक्षमा ताराप्रसाद गैरे रहेका छन् । त्यस्तै सदस्यहरुमा उदयराज अधिकारी, राामवृक्ष नाउ, प्रयागराज शर्मा, गंगाप्रसाद लोनिया र सुनिता मल्लाह निर्विरोध निर्वाचित भएको नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले जानकारी दिए ।

सम्पूर्ण निर्वाचितहरुलाई नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य काशिराम आचार्यले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।

त्यस अवसरमा बोल्दै केन्द्रीय सचिवालय सदस्य आचार्यले संगठनले सेवा प्रवाहलाई थप चुस्त दुरुस्त बनाउँदै कर्मचारीको हक र हितको लागि कानून सम्मत तरिकाले सामूहिक सौदावाजी गर्न उल्लेख्य भूमिका खेलोस् भन्दै निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

संगठनका केन्द्रीय सदस्य एवं रुपन्देही ईन्चार्ज नारायण प्रसाद भण्डारीले संगठनको ईतिहासदेखि हालसम्मका गतिविधिका सम्बन्धमा चर्चा गर्दै यो संगठन सवै सेवा समूह र सवै तहका सवैखाले कर्मचारीहरु माउ संगठनका रुपमा स्थापित भएकोले सवैको असल अभिभावकको भूमिका निर्वाह गर्न सक्ने संगठनको रुपमा स्थापित होस् भन्दै शुभकामना दिए ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले कर्मचारीको क्षमता विकासको लागि स्थानीय सरकारसँग सामूहिक सौदावाजी गर्ने केन्द्रीय टिम भएको बताउँदै कर्मचारीको हकहितका साथै सेवा प्रवाहमा समेत संगठनले सधै अग्रपंक्तिमा रहेर काम गर्ने बताए ।

नव निर्वाचित पालिका समितिका अध्यक्ष वुद्धिप्रसाद पन्तले सेवा प्रवाहलाई चुस्तदुरुस्त पार्दै कर्मचारी हकहितमा सदैव लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए भने संगठनका जिल्ला सल्लाहकार भास्कर आत्रेय, जिल्ला सदस्य राजकुमार मिश्र, प्रेम बहादुर के.सी. लगायतले कार्यक्रमको सहजीकरण गरेका थिए ।

कार्यक्रममा संगठन रुपन्देहीका सचिव जीवन पौडेल, ककोषाध्य पदम थापाले पनि निर्वाचित पालिका समितिको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

रुपन्देहीमा जिल्लामा नेपाल निजामती कर्मचारी संगठनले सशक्त रुपमा आफ्ना गतिविधि संचालन गर्दै अग्रणी संगठनको रुपमा आफ्नो पहिचान बनाएको दावी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?