© २०२३
भैरहवा, २६ साउन ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा विपद् जोखिम न्युनिकरण तथा जलवायु परिवर्तन सम्बन्धी तालिम सम्पन्न भएको छ । विकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपालको आयोजनामा भएको ३ दिने तालिममा बोल्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानले विपद् जतिबेला पनि आउन सक्ने भएकाले यसको पुर्वतयारी गर्नुपर्ने बताए ।
सामान्यता बाढी, आगलागी, पहिरो, भुकम्प, चट्टान आदि पर्ने हुँदा सो घटनाबाट बच्नका लागी सावधानी अपनाउने र उद्दारका लागि तयार अवस्थामा बस्नुपर्ने कुरामा मेयर मुसलमानले जोड दिए ।
विपद्ले भय निम्ताउने बताउँदै यसको रोकथाम र उद्दारका लागि प्रतिकार्य तालिमले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । विपद्ले मानवीय तथा भौतिक क्षति भैरहेको बताउँदै लुम्बिनीमा जोखिम हुनबाट बच्नका लागि प्रतिकार्य सचेतनामूलक तालिमले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
विपद् परेको बेला उद्दारका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई उद्दार सामग्री समेत प्रदान गर्दै आएको र यो तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्न्ुपर्ने मेयर मुसलमानले औँल्याउदै आगामी दिनमा समेत नगरपालिकाले विपद्जन्य कार्यक्रम गर्दै जाने बताए ।