Butwal Today

लमही–घोराही सडक पुनः अवरुद्ध

२३ श्रावण २०८०, मंगलवार
अ+
अ-

लमही, २३ साउन ।

लमही –घोराही सडक खण्ड पुनः अबरुद्ध भएको छ । लमहीको कुलमोहर नजिकै राती १२ बजेको समयमा पहिरो खस्दा सवारी आवागमन बन्द भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार अहिले पहिरो पन्छाउने काम भैरहेको छ । गत बर्षको अविरल वर्षाका कारण उक्त स्थानमा ठुलो पहिरो खसेको थियो । आइतबार केही समय सम्म अवरुद्ध बनेको सडक सडक डिभिजन कार्यलय दाङले खुलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?