ट्रेंडिंग:

>> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात

बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला सम्मानित

२० श्रावण २०८०, शनिबार
२० श्रावण २०८०, शनिबार

पाल्पा, २० साउन ।

बरिष्ठ मुटुरोग विशेषज्ञ एवं नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोईरालालाई औषधी व्यवसायी संघ पाल्पाले औषधी व्यवसायी संगम सम्मान र पुरस्कारबाट सम्मानित गरेको छ । डा. कोईरालाई नगद १० हजार सहित पाल्पाली ढाका, दोसल्ला, टोपी र सम्मानपत्रबाट सांसदद्वय ठाकुर प्रसाद गैरे, नारायण प्रसाद आचार्य, प्रदेश सांसदद्वय विरबहादुर राना, खेम बहादुर सारु र संघका अध्यक्ष विष्णु केसीले सम्मानित गरेका छन् । सोही अवसरमा संघले अक्षयकोषदाता रुकमागत शर्मालाई पनि सम्मानित गरेको छ ।

डा. कोईरालाले औषधी पसलबाट जथाभावी रुपमा एन्टिवायोटिक प्रयोग बढ्नाले नेपालीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको बताएका छन् । डा. कोईरालाले पहिलो र दोस्रो किसिमको एन्टिवायोटिकले काम नगर्ने, तेस्रो किसिमको एन्टिवायोटिक महङ्गो, भनेको समयमा नपाइने अवस्था रहेकोले धेरै नेपालीको स्वास्थ्य जटिल बन्दै गएको बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गैरेले राज्यको नीति नियम, कानुन सवैले मान्नुपर्ने बताएका छन् । राज्य भन्दा माथि न त सरकार छ, न त संघ संस्था छन्, न त कुनै व्यक्ति छन् त्यसैले राज्यले बनाएको नीति नियम, कानुन सबै पक्षले पालना गर्नु पर्ने सांसद गैरेले बताए ।

सांसद गैरेले पाल्पाका दुई ठूला अस्पताल प्रति लक्षित गर्दै राज्यसँग सम्झौता गर्ने, केही समस्याहरु आए भन्दैमा बीचमै छोड्छु भनेर सेवा प्रवाह नै रोक्नु गैर जिम्मेवारी काम भएको सांसद गैरेले बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्य, प्रदेश सांसद विरबहादुर राना, सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना, निवर्तमान केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, लुम्विनी प्रदेश अध्यक्ष शिव ज्ञवाली, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्यालले सातौ साधारणसभाको शुभकामना दिदै औषधी व्यबसायीहरुले खेलेको भूमिकाबारे चर्चा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?