© २०२३
दाङ, २० साउन ।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताविरुद्धमा प्रदर्शन भएको छ । सचेत नागरिक दाङले प्रतिष्ठान अगाडि प्रदर्शन गरेको हो ।
सरकारले कारबाहीको प्रक्रिया अगाडि नबढाएपछि सचेत नागरिक दाङले प्रतिष्ठान अगाडि प्रदर्शन गरेको हो । राष्ट्रिय सतर्कता केन्द्रले प्रतिष्ठानमा पदाधिकारी नियुक्ति नै गैरकानुनी भएको ठहर गरेको थियो । सतर्कता केन्द्रले पदाधिकारी नियुक्ति गैरकानुनी ठरह गरेपछि पनि सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाएको छैन ।
गैरकानुनी नियक्ति खारेज गर, धेरै भयो लापर्वाही, कहिले हुन्छ कार्वाही, प्रतिष्ठानको भ्रष्टाचार, हेरि देउन सरकार, प्रतिष्ठानमा राजनीतिक हस्तक्षेप बन्द गरलगायतका नारा लगाउँदै प्रदर्शन भएको छ ।
प्रतिष्ठानका शिक्षाध्यक्ष डा. वसन्त लामिछाने, रजिष्ट्रार प्रकाश थापा, डेपुटी रजिष्ट्रार झङ्कार लामिछाने र प्रशासन म्यानेजर राजेन्द्रप्रसाद न्यौपानेको नियुक्ति गैरकानुनी भएको सतर्कता केन्द्रको ठहर छ । प्रतिष्ठानमा नियुक्ति मात्र होइन, सामान मेडिकल सामान खरिदमा समेत अनियमितता भएको भन्दै यसअघि अख्तियारमा मुद्दा परेको थियो ।