© २०२३
बुटवल, १९ साउन ।
नेकपा एमाले समर्थित अनेरास्ववियु रुपन्देहीले बुधबार बुटवलमा टर्च जुलुस गरेको छ । टर्च बोकेका अखिलका नेता तथा कार्यकर्ताहरुले बुटवल बहुमुखी क्याम्पसदेखि ट्राफिकचोकसम्म जुलुस गरेको अनेरास्ववियु रुपन्देही उपाध्यक्ष भरत अर्यालले बताए ।
जुलुसका सहभागीहरुले ‘सुन तस्कर पेरिसडाँडामा, भरिया थुनामा’ लगायतका विभिन्न प्लेकार्ड बोकेका थिए । जुलुसको नेतृत्व अखिलका जिल्ला अध्यक्ष रमेश ढकालले गरेका थिए । जुलुसपछि आयोजित कोणसभामा अनेरास्ववियुका केन्द्रीय सदस्य साजन भण्डारी, शेषकान्त पोखरेल, कृष्ण बस्यालले सरकारले आफू निकटका व्यक्तिलाई जोगाउने प्रपन्च गरेको आरोप लगाएका थिए ।
उनीहरुले प्रधानमन्त्री र गृहमन्त्रीले आफ्ना पार्टीका आरोपितहरुलाई जोगाउन अनेक बहाना गरेको आरोप लगाए ।