ट्रेंडिंग:

>> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’

प्रेस चौतारी लुम्बिनीद्वारा पत्रकार महासंघको ध्यानाकर्षण

१९ श्रावण २०८०, शुक्रबार
१९ श्रावण २०८०, शुक्रबार

बुुटवल, १९ साउन ।

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले सदस्यता शुद्धीकरण र नयाँ सदस्यता वितरणमा राजनीतिक पूर्वाग्रह राखिएको भन्दै पत्रकार महासंघ लुम्बिनीको ध्यानाकर्षण गराएको छ ।

बिहीबार महासंघका महासचिव विक्रम खड्कामार्फत प्रदेश समितिलाई ध्यानाकर्षण पत्र बुझाउँदै चौतारीले राजनीतिक आस्थाका आधारमा उस्तै प्रकृतिको काम गर्ने व्यक्ति पनि कोही रहने र कसैलाई हटाउने काम भएकाले जिल्लाको विवादित निर्णय सच्चाउन आग्रह गरेको छ ।

ध्यानाकर्षण पत्रमा महासंघका जिल्ला शाखाहरुले आस्थाका आधारमा अघिल्लो अधिवेशनमा आफूलाई मत नदिनेहरुलाई विशेषतः प्रेस चौतारी नेपालमा आस्था राख्ने क्रियाशील पत्रकारहरुलाई छानी छानी नवीकरण नगर्ने गरेको पाइएको जनाइएको छ ।

चौतारी प्रदेश समितिले लुम्बिनी प्रदेशभित्रका जिल्लाहरु अर्घाखाँची, रुपन्देही, गुल्मी, प्युठान, रोल्पा, बाँके, बर्दिया, नवलपरासीको नवीकरण रोक्ने बारेमा गरिएको निर्णय पुनः मूल्याङ्कन गरी सहमतिका आधारमा मात्र निर्णय प्रक्रियामा लैजान पत्रकार महासंघलाई अनुरोध गरेको छ ।

ध्यानाकर्षण पत्र बुझाउँदै प्रेस चौतारी लुम्बिनीका महासचिव निरु गौतमले सदस्यता शुद्धीकरण अभियान र नयाँ सदस्यता वितरणमा गम्भीर बन्न र मापदण्ड अनुसार सदस्यताको टुंगो लगाउन आग्रह गरिन् ।

नेपाल पत्रकार महासंघ पत्रकारहरुको साझा र छाता संगठन भएकाले यसको गर्विलो इतिहास जोगाउन महासंघले सदस्यता शुद्धीकरण र वितरणमा कुनै पूर्वाग्रह राख्न नहुने महासचिव गौतमको भनाइ छ ।

“पत्रकारको आशा र भरोसाको केन्द्र, जनतामा स्थापित यस संस्थालाई सबैको सहयोगले अझै सबलिकृत र मजबुत बनाउनु पर्नेमा पछिल्लो समयमा यसको ओजश्वी छविलाई धुमिल पार्न केही अदृश्य शक्तिले मन्दरुपमा षडयन्त्र गर्दै गइरहेको हामीलाई अनुभूति भएको छ”, ध्यानाकर्षण पत्रमा भनिएको छ ।

पत्रकार महासंघले सञ्चालन गरेको शुद्धीकरणले क्रियाशील पत्रकारको पेशागत मर्यादा र सुरक्षाको ग्यारेन्टी गर्नुका साथै अनावश्यक व्यक्तिको प्रवेशलाई रोक्ने अपेक्षा गरिए पनि सो अनुसार हुन नसकेको चौतारीको ठहर छ ।

“शुरूवातदेखि चौतारीले यो अभियान सफल बनाउन मातहतका समितिलाई निर्देशन गर्यौं परिणाम त देशभरका प्रेस चौतारी नेपाल सम्बद्ध साथीहरुले किन्तु, परन्तु केही नभनी सहयोग पुर्याउनुभयो । निष्कर्षमा आउँदा परिणाम त्यसको ठिक विपरीत देखियो”, ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण पत्र बुझ्दै पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव खड्काले यस विषयमा समितिमा व्यापक छलफल गरी निर्णय लिइने प्रतिवद्धता जनाए । जिल्लामा देखिएका समस्या हल गर्न जिल्लालाई नै जिम्मेवारी दिइएको भन्दै उनले न्यायोचित ढंगले सदस्यताको टुंगो लगाउने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?