© २०२३
चन्द्राैटा(कपिलवस्तु), १९ साउन ।
धान राेपाई गर्न डिप बाेरिङ चलाएपछि पानीकाे अभाव खेप्नुपरेको छ । जिल्लाकाे विजयनगर गाउँपालिका वडा नम्बर-७ धन्धरामा बाेरिङ चलाएपछि जमिन सतह मुनिकाे पानी सुक्दा खानेपानीकाे अभाव खेप्नुपरेको हाे । शुक्रबारदेखि धन्धराबासीलाई पानीकाे चरम समस्या भएको स्थानीय बताउँछन् ।
जमिन मुनिकाे पानी सुक्दा नल्कामा पानी नआएको हुन सक्ने विजय कुमार चाैधरीले बताए । गाउँमा भएको कुवामा रहेको पानीले नुहाउन र लत्ताकपडा धुनसमेत समस्या भएको उनले बताए । गाउँमा जडान भएको ४० ओटै नल्का सुकेकाे चाैधरीले जनाए । नल्काबाट एक लिटर पानी निकाल्न करिब आधा मिनेट समय लाग्ने गरेकाे पार्वती काेरी बताउँछिन् ।
उनले भनिन् ‘शौचालय जान पानी छैन । शौचालय दुर्गन्धित बनेका छन् । हात धुनसमेत समस्या भएको छ’। यता वडा अध्यक्ष दिनेश कुमार चाैधरीले ५५ घरधुरी रहेका धन्धराबासीलाई खानेपानीकाे समस्या भएको बताए । ५ सय फिट मुनि डिप बाेरिङ जडान गरिएको उनले बताए ।
धन्धराबासीलाई पानीकाे समस्या समाधान नहुञ्जेलसम्म बाेरिङ चलाउन नदिने वडा अध्यक्ष चाैधरीले बताए । तत्काल गाउँमा भएका कुवालाई सरसफाइ गरि नुहाउन, लत्ताकपडा धुनका लागि व्यवस्थापन गरिएको उनले दावी गरे । कुवालाई वाटरगार्ड र पाेटास हालेर सरसफाई गरि व्यवस्थापनमा प्राविधिक टाेली खटिएको चाैधरीले बताए । खाना पकाउन र पिउनका लागि तत्कालै वायाे स्यान्ड फिल्टरकाे व्यवस्थासमेत गरिने उनकाे भनाई छ ।