ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना
विचार

मेयर हर्क अब स्वधर्ममै फर्क

८ श्रावण २०८०, सोमबार
८ श्रावण २०८०, सोमबार

श्रीमान् मेयर हर्कजी नमस्कार भनौँ या जदौ भनौँ जे भने पनि धेरैपटक नमस्कार छ । देश रोइरहेको बेलामा, कोशी रोइरहेको बेलामा, धरान रोइरहेको बेलामा आराम त कसरी भनौँ र तर पनि औपचारिकताका लागि ठिकै नै छौँ भन्नुपर्यो र तपाइँको सुखी जीवनका लागि मङ्गलमय कामनापनि गरेका छौँ । अहिले तपाइँको चर्चा सामाजिक सञ्जालमा अत्यन्तै धेरै भइरहेको रहेछ । त्यसैले यस्ता भड्काउने कुराहरू के तपाइँका होलान् र भनी धेरैपटक हेरियो । पत्यारै लागेन । अनि कतैबाट यो भिडियो सुनेको तपाइँलाई पनि विनासकाले विपरीत बुद्धि भन्ने शास्त्रको कुरा लागू भएछ त है भनी यसरी केही लेख्न थालियो । सुने सुन्नुहोला र विचार गर्नुहोला । नभए अर्को कानबाट उडाइदिनुहोला । पतनको मार्ग रोज्नुहोला ।

झुक्याउन कसैलाई हुँदैनथ्यो । तपाइँको धर्म संस्कार र उद्देश्यका बारेमा पहिले नै जनता सुसूचित भएको भए सायद तपाइँ हर्क साङ्पाङ् मेयर हुनुहुन्थ्यो या तपाइँकै आस्थाको चर्चमा नै एअर खाएर बस्नुहुन्थ्यो त्यो तपाइँलाई मात्र थाहा छ । तपाइँ आफूलाई भगवान् शिवको आराधना गर्ने किराँत भनेर जनतालाई चिनाउनु भयो । कहिले प्रकृति पूजक भनेर पनि भ्रम छर्नुभयो । तर तपाइँको असली रूप अर्कै रहेछ । नेपालको सनातन धर्मको विरुद्ध गरेको षडयन्त्रपछि तपाइँको पोल खुलिहाल्यो र तपाइँले पोष्ट गरेका पुराना कुराहरू पनि बाहिर आए । तपाइँले ठिक छ सबै धर्मको सम्मान गर्दछु भन्नुहोला तर त्यसो रहेन । किनकि तपाइँले २०१५ सेप्टेम्बर १८ मा ‘किरातीका छोरी चेलीहरूलाई भाटा पुगेको छैन तीजमा रातो सारीमा सजिएर नाच्छन् स्वतन्त्रता धेरै भएर बाहुन मधेसी जस्ता कुजातीसँग बिहे गर्छन् अनि हामीले मात्रै पहिचान बचाएर बच्छ ? भाटै भाटा लगाऊ है साथी छाडा छोरी चेलीले हाम्रो पहिचान मेट्न लाग्याछन् ।’ यस किसिमको अत्यन्तै आपत्तिजनक भाषा सहित भड्काउ पोष्ट गर्नुभएको रहेछ । अझ त्यतिले मात्र कहाँ पुगेछ र तपाइँले लक्ष्मीपूजाको समयमा ‘परम्परालाई सम्मान त गर्नैपर्दछ तर लक्ष्मीको पूजा गरेर होइन श्रम गरेर पसिना बगाएर चाहिँ धनमान प्राप्त हुन्छ’ भनेर कसैको आस्थामाथि नै गिद्धे नजर लगाउनु भएछ । तर, क्रिसमसका समयमा फेरि तपाइँलाई जिससको याद आएर उहाँप्रति राम्रै भजन गाउनुभएछ ।

यदी तपाइँ नास्तिक विचारबाट प्रभावित भएर जुनसुकै पनि धर्मावलम्बीका चाडका दिन विषबमन गर्नुभएको भए हामीलाई केही भन्नु थिएन । त्यो तपाइँको स्वतन्त्रताको विषय हुन्थ्यो तर तपाइँलाई उही पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई जस्तै हिन्दू चाडका दिन विषबमन गरेर क्रिश्चियन र मुस्लिमका पर्वहरूमा चाहिँ अग्रगमन भएको देख्नपर्ने र लेख्नपर्ने हुने रहेछ । अनि फेरि भोटको लागि किराँतको नाटक पनि गर्नुहुँदो रहेछ । यो कुरो त पहिले नेपाली जनतालाई थाहै दिनुभएन । थाहा दिनुपथ्र्यो । म यो धर्मावलम्बी भनेर चिनिनुपथ्र्यो । अहिले एक्कासी एउटा ऐतिहासिक मन्दिरको नजिक चर्च निर्माण गराएको कुराबाट पो यी कुरा बाहिर आए । हामीलाई त यी छापामा आएका कुराले खासै छोएको पनि थिएन । किनकी हर्क काम गर्ने व्यक्ति भएकाले कसैले खुट्टा ताने होलान् भन्ने नै लागेको थियो । तर तपाइँको आजैमात्र पोष्ट भएको “धेरै मेरो खुट्टा नतान तिमेर्को धोती सम्हाल ! नाङ्गा बाबा हो भन्ने पोष्ट र यहाँ चर्चमा तपाइँ बोलेको पुरानो भिडियोले तपाइँ इसाई धर्ममा रहेको प्रमाणित भएरै छाड्यो ।

हर्कजी के गर्ने भारतमा इसाई आउँदापनि यस्तै तपाइँले गरे जस्ता केही विकासका काम लिएरै आएका थिए । पहिले समृद्ध नै रहेका तर मुसलमान र अङ्ग्रेजको शासनकालबाट गरीब बनाइएका हिन्दूहरूले पत्याएर उनका पछि लागे । तर हेर्नु्होस् त उनीहरू सुखी छन् त ? पक्कै छैनन् । भारतका विभिन्न राज्यमा उनीहरूलाई प्रयोग गरेर अब धार्मिक युद्ध गराइँदैछ । मणिपुर पछिल्लो उदाहरण हो । तपाइँ र तपाइँलाई नचिन्ने केहीलाई तपाइँले विकास गरेको देख्लान् तर देशको सनातन धर्म, संस्कार र संस्कृतिरहित त्यो देखावटी विकास तुरुन्ता तुरुन्तै विनासको बाटोमा जाने नै छ । नेपाली जनता र धराने जनतालाई नझुक्याउनोस् । विकासका नाममा बिधर्मीहरूको देश टुक्राउने योजनालाई मलजल नगर्नोस् ।

आफ्नो बाबु बाजेले मानिआएको सनातन हिन्दू किरात धर्म जसलाई तपाइँहरूले नै यो धर्म त हिन्दुको नजिक रहेछ भनेर जनतालाई किराँत भन्न सिकाउनुभयो । जब उनीहरू किराँतमा विभाजित भए अनि फेरि मुक्तिदाता त येशु रहेछन् भन्ने पो सिकाएर जान खोज्नुभएको रहेछ । हो ईश्वर एक छ त्यो चाहे जे नाममा होस् । त्यस्तै बुवाआमा भनेका पनि कुनैपनि व्यक्तिका पनि एक नै हुन्छन् । कसैका पनि बुवा आमा दुई–दुइटा हुनै सक्दैनन् । यी बुवाआमा जसरी परिवर्तन हुँदैनन् त्यस्तै व्यक्तिको धर्म पनि परिवर्तन हुनै सक्दैन । एउटै भाषा र एउटै धर्मको माध्यमले संसारमा साम्राज्य फैलाउने कुचेष्टा भएका देशहरूले मानिसहरूलाई धर्म भनेको स्वतन्त्र चिज हो भनेतापनि यो कदापि स्वतन्त्र हुन सक्दैन । हिन्दू हिन्दू नै हुन्छ । किराँत किराँत नै हुन्छ । इसाई इसाई नै हुन्छ तर जसरी बुवाआमा एउटा एउटी नै भएपनि अरूको बुवा आमापनि हाम्रा लागि सम्मानित बुवाआमा नै हुनुहुन्छ । तर आफ्ना बुवाआमा छोडेर अर्कैका बु्वा आमालाई आफ्ना भन्नचाहिँ जान सक्दैनौँ । त्यसरी नै धर्म र ईश्वर भन्ने चिजपनि त्यस्तै हो । अरूका धर्मलाई र ईश्वरलाई सम्मान त हामीले मजाले गर्न जानेका छौँ । जिसस या अल्लाह हाम्रा लागि आदरणीय नै हुनुहुन्छ तर उहाँहरूलाई हाम्रा सनातन परम्परादेखि पुजिएका ईश्वरलाई पुज्न छोडेर पूजाकोठाभित्र छिराउनचाहिँ सक्दैनौँ र सक्नपनि हुँदैन । किनकि हाम्रा लागि ठूलो कुलधर्म नै हो ।

अतः भगवान् जिसस क्राइष्टको बारेमा सिकाउनका लागि नभएर हामी हामीमा फुट डालेर यो देशमा धर्मयुद्ध गराउने कामका लागि गरिएका धर्म परिवर्तन जस्तो घातक कार्यमा कुचेष्टा भएका मानिसहरूका बुद्धिमा तपाइँ नफस्नोस् । जिसस बुद्ध अल्लाह सबैलाई समान रूपले मान दिनुहोस् तर जसरी सबैका बाबुआमा हाम्रालागि सम्माननीय बाबुआमा नै भएतापनि क्रियाकर्म त हामीले हाम्रै आमाको बुवाको गर्नुपर्दछ । त्यसैगरी आफ्नो बाबुबाजेले मानिआएको कुल धर्मलाई कहिले नछोड्नोस् । बिधर्मीको चाला बुझ्नोस् र नबुझेर गएको भएपनि अब फर्कनोस् । बिनासको वेलामा बुद्धि पनि विपरीत तरिकाले हिँड्ने गर्छ भन्ने शास्त्र वचनलाई अत्यन्त मनन गरी हे हर्क आफ्नैमा फर्क भन्ने हाम्रो आग्रहलाई भित्रैदेखि विचार गर्नोस् । तपाइँकी आमा नराम्री भई भनेर अर्कैकी आमालाई आमा भन्न जाने काम नगर्नोस् । भरसक आफै जान्नोस् । नभए हामी नेपाली जनताले भनेको मान्नोस् । फर्कने काम नै गर्नुहुँदैन भने पनि संविधानले प्राचीनकालदेखि मानिआएका कुराको जगेर्ना गर्नु भनेकोले यसरी मन्दिरलाई ढाकी चर्च नबनाउनोस् । नभए तपाइँका मिसिनरी कर्तुत ढाक्नका लागि गरिएका विकासले विनास अवश्य ल्याउनेछ । यसले तपाइँलाई विख्यात भन्दापनि कुख्यात गराउनेछ । किनकि धर्मो रक्षति रक्षित :।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?