© २०२३
बुटवल,७ साउन । बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । दमका बिरामी ८३ वर्षीय खनालको बुटवलको तिनाउ अस्पतालमा उपचारका क्रममा आइतबार बिहान साढे २ बजे निधन भएको हो ।
दम बढेपछि अस्पताल भर्ना गरिएकामा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ का सचिव प्रजापाल गिरीले जानकारी दिए ।
खनाल २०४९ सालदेखि २०५३ सम्म तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुख बनेका थिए । खनाल लामो समय नेपाली कांग्रेसको बुटवल नगर सभापति समेत रहेका थिए ।