© 2026
लमही ।
माछालाई दाना खुवाउने क्रममा अचानक तालमा खसेकी ६ वर्षीया बालिकाको डुबेर ज्यान गएको छ । दाङको लमही नगरपालिका(३ स्थित जखेरा तालमा डुबेर गढवा गाउँपालिका-२, कोठरी निवासी चुन्निलाल चौधरीकी ६ वर्षीया छोरी कृतिका चौधरीको ज्यान गएको हो ।
प्रहरीका अनुसार सोमबार दिउँसो करिब १ः५० बजे अभिभावकसँग पिकनिक खान जखेरा ताल पुगेकी कृतिका तालमा रहेका माछालाई दाना खुवाइरहेकी थिइन् । सोही क्रममा अचानक उनी तालको पानीमा खसेकी थिइन् ।
तालमा खसेपछि तत्काल उद्धार गरी उनलाई उपचारका लागि लमही अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकको प्रयासका बाबजुद उपचारकै क्रममा उनको मृत्यु भएको वडा प्रहरी लमहीले जनाएको छ । घटनापछि बालिकाको शव पोस्टमार्टमका लागि लमही अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।