ट्रेंडिंग:

>> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया
सम्पादकीय

सरकार– किसानलाई क्षतिपूर्ति देउ

२९ असार २०८०, शुक्रबार
२९ असार २०८०, शुक्रबार

विगत एक महिनाको बीचमा लम्पीस्किन रोगका कारण नेपालमा हजारौं पशुको मृत्यु भएको छ । सरकार लम्पीस्किन रोगका कारण यति धेरै संख्यामा पशुको मृत्यु हुँदापनि रोग नियन्त्रणमा अहिलेसम्म गंभीर देखिएको छैन । लम्पीस्किनको सङ्क्रमणबाट हजारौं पशु चौपायाको मृत्युपछि किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ ।

पशुलाई धेरै ज्वरो आउनु, शरीर र मुखमा फोका जस्ता खटिरा निस्कनु, श्वास प्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घट्नु र गर्भ तुहिनु सङ्क्रमणको मुख्य लक्षण रहेको पशु चिकित्सक बताउँछन् । यो रोग अहिले कुनै एक स्थान वा क्षेत्रभन्दा पनि देशैभरी फैलिएको छ । करिव एक महिनादेखि फैलिएको यो रोगका कारण ठूलो संख्यामा पशु चौपायाको मृत्यु हुँदापनि सरकारले रोग नियन्त्रणमा गंभीरता नदेखाउनु दुःखद हो । पशु चिकित्सकहरूको अध्ययनले लम्पीस्किन रोगको रोकथाम वा नियन्त्रणका लागि खोपको बिकल्प नभएको देखाएको छ । तर, सरकार खोपप्रति बेवास्ता गरिरहेको छ ।

विगत एक दुई महिनादेखि संक्रमणकै रूपमा फैलिएको यो रोगका कारण ठूलो क्षति हुँदापनि तत्काल खोपको प्रवन्ध गर्न नसक्नु सरकारको लापरवाही र बेवास्ता हो । पहाड र तराईका केही स्थानमा अझैपनि किसानले राँगा र गोरुको प्रयोग गरि खेती गर्दै आएका छन तर अहिले रोगका कारण खेती नै प्रभावित हुने अवस्था देखिएको छ । पशु चिकित्सकहरूले बजेट अभावका कारण खोप किन्न नसकेको बताउँदै आएका छन । केही जिल्लामा पशु सेवाका लागि आएको आकस्मिक कोषको रकम र दैनिक उपचार सेवाको रकमबाट लम्पीस्किन रोगको लागि नमूना परीक्षण र औषधि वितरण गरिएको छ । तर, त्यो पर्याप्त होइन ।

सरकारले नै यो रोगको बिरुद्ध तत्काल बजेट विनियोजन गरि खोपको व्यवस्था गरोस् । महामारी नियन्त्रणको प्रयास भएपनि गोरु बिरामी परेका र मरेका कारण मुख्य खाद्यबाली धान रोपाइँ प्रभावित भएको विषयमा सरकारको ध्यान गएको छैन । रोगका कारण दुध उत्पादक किसान समेत मर्कामा परेका छन् । यति धेरै संख्यामा पशु चौपायाको बिनास हुँदा पनि सरकारले समस्यामा परेका प्रभावित किसानलाई क्षतिपूर्ति वा राहतको कुरासम्म गरेको छैन । अति भएपछि पशु किसानहरूले चौपायाहरूको उचित क्षतिपूर्तिको ६ बूँदे माग राख्दै पशु सेवा विभाग परिसरमा धर्ना दिन बाध्य हुनुपरेको छ । पशु किसानहरूले रोग तत्काल नियन्त्रण गर्न र पीडित किसानलाई तत्काल राहतको व्यवस्था गर्न सरकारलाई बाध्य बनाउने गरी आन्दोलनको कार्यक्रम सुरु गरेको बताएका छन ।

अब लम्पीस्किनबाट क्षति बेहोरेका पशुपालक किसानहरूलाई राहत दिनु जरुरी छ । विस्थापित हुन लागेका किसानहरूलाई पुनस्र्थापनाको कुरा उठाउनु आवश्यक छ । सरकारले पशु चौपाया गुमाएका किसानको कर्जा मिनाहा गर्तेतर्फ ध्यान देओस् । प्रत्येक पशु कार्यालयमा पर्याप्त मात्रामा भ्याक्सिनको व्यवस्था गर्नेतर्फ सरकारको ध्यानाकर्षण होस् । किसानका घरसम्म प्राविधिकको व्यवस्था गरियो भने त्यो रोग नियन्त्रणमा सहयोगी हुनसक्छ । निश्चितरूपमा ग्रामिण क्षेत्रका किसानहरू यतिबेला निकै आहत भएका छन ।

सरकारले पशु् चौपायाको क्षतिलाई नजरअन्दाज गर्न खोजेको छ । ७० प्रतिशत भन्दा बढि पशु चौपायाहरू लम्पीस्किनको कारण मरिसकेको अवस्था छ । यो गंभीर बिषय हो । महामारी रोग नियन्त्रणका निम्ति किसानले भ्याक्सिनको माग गरेका छन । पशुपालक किसानहरू विस्थापित हुने अवस्था आएको छ । सरकारले अव गंभीर ढंगले सोचोस् । लम्पीस्किन रोगको महामारीबाट मरेका पशुहरूको वास्तविक विवरण संकलन गरेर पीडित किसानलाई क्षतिपूर्तिको व्यवस्था गरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?