ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा
सम्पादकीय

रोपाइँँ सकिनै लाग्यो, मल कहिले ?

२५ असार २०८०, सोमबार
२५ असार २०८०, सोमबार

असारको अन्तिम साता अर्थात आज असारको २५ गतेसम्म नेपालको करिब ५० प्रतिशत खेतमा रोपाइँ सकिएको छ । अबको चार पाँच दिनमा दुई तिहाई खेतमा रोपाइँ सकिदैछ । रोपाइँ सकिनै लाग्दा यो बर्षपनि किसानका लागि मल सहजरूपमा उपलब्ध हुन सकेन् ।

अहिलेपनि किसानहरू मलकै लागि लाईन लाग्नुपर्ने अवस्था छ । साझा सहकारीहरूमा किसानहरूले मलका लागि दैनिकजसो ताकेता गरिरहेका छन तर सरकारले मल उपलब्ध गराउन सकेको छैन् । प्रधानमन्त्री र कृषि मन्त्रीले यो बर्ष किसानलाई मलको समस्या नपर्ने बरु सरकारले समय अगावै मल पु¥याउने प्रतिवद्धता जनाएका थिए तर सरकारको दावी एकातिर छ, किसानको पीडा अर्कोतिर ।

रासायनिक मलको अभावमा धान उत्पादनमा भारी गिरावट आउन सक्ने देखिएको छ । असारको अन्तिमसम्म पनि किसानहरू रासायनिक मलकै लागि लाईन बस्नुपर्ने अवस्था छ । सरकार भाषणमा मल उपलब्ध गराउँदै गरेको दावी गर्छ । तर, दूर दराजका वास्तविक किसानको घरखेतसम्म अहिलेपनि मल पुगेकै छैन । अहिले अधिकांश जिल्लामा रासायनिक मलको अभाव देखिएको छ । अघिल्लो वर्ष पनि युरिया र डाई मलको अभाव बेहोरेका किसानहरूले अहिलेपनि सहजरूपमा मल पाउन नसकेपछि मर्कामा परेका छन् ।

देशलाई आत्मनिर्भर बनाउन, आयात घटाउन र आत्मनिर्भरता बढाउन धानको निकै ठूलो योगदान रहँदै आएको छ । विगतमा पनि धानको उत्पादन बढ्दा देशको कूल आर्थिक बृद्धिमा निकै ठूलो सघाउ पुगेको थियो । अहिले रासायनिक मलको अभावका कारण उत्पादन घटने संभावना बढेको छ । यसले मुलुकको आर्थिक बृद्धिदरमा समस्या निम्त्याउने अवस्था छ । तसर्थ सरकारले सुन्छ भने किसानको समस्या बुझ्ने प्रयास होस् । त्यसै त बढ्दो शहरीकरणका कारण खेतीयोग्य जमिनको क्षेत्रफल घट्दै गएको छ । त्यसकै कारण उत्पादनमा कमी आउने अवस्था छ । प्लटिङका कारण धानका बाला लाग्ने खेत बाँझैछन । ती घडेरीमा परिणत भैसकेका छन् ।

घडेरी वा साना साना प्लटमा खेती गर्ने कुरामा किसानको पनि ध्यान छैन् । त्यसमाथि रासायनिक मलको हाहाकारले उत्पादनमा भारी गिरावट आउने अवस्था छ । खेतीका लागि आवश्यक माटो, हावापानी, जग्गाको खण्डीकरण, कृषकको ज्ञान, क्षमता, स्रोतसाधन र उपलब्ध प्रविधिको पहुँच नहुँदा कृषि उत्पादनमा कमी आईरहेको कृषि विज्ञहरू बताउँछन् । कृषिको दिर्घकालीन रणनीति विशेष ध्यान नदिएर हचुवाको भरमा बनाउँदा त्यसैमाथि समस्या थोपरिएका छन ।
लुम्बिनी प्रदेश सरकारले समेत रासायनिक मलको व्यवस्थापन गर्ने जनाएको थियो । तर, डिल्लीबहादुर चौधरी नेतृत्वको सरकार कृषकले मलको लागि हारगुहार गर्दा किन बहिरो भैरहेको छ ? पहिले कृषि उत्पादन बढाउन मल आवश्यक पर्ने र त्यसका लागि प्रदेश सरकारले मलको अभाव हुन नदिने प्रतिवद्धता जनाएकै हो । अव अहिले मल चाहिने बेला सरकार बेखबर छ ।

उता केन्द्र सरकार र यता प्रदेश सरकारको बेवास्ताले किसान मलका लागि अव कहाँ जाने ? सरकारले जवाफ दिनुपर्दछ । त्यसै त पछिल्लो समय वास्तविक किसानले अनुदान नपाएको अवस्था छ । समयमै मल दिन नसक्ने सरकारबाट किसानले के आशा गर्ने ? अझैपनि समय छ– सरकार किसानलाई मल देउ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?